चिसाङ शेर्पा मंसिर/१८ खोटाङ,
जिल्लाको दक्षिणी क्षेत्र जोडने मोटरेवल पक्की पुल निर्माणको लागि डिपिआरको काम सुर भएको छ । रुपाकोट मझुवागढी नगरपालिकाको खाल्ले र दिप्रुङ गाउँपालिकाको याम्खाबिच भएर बग्ने साप्सु खोलामा मोटरेवल पक्की पुल निर्माणका लागि डिपिआरको काम सुरु भएको हो ।
दिप्रुङ गाउँपालिकाको निवेदनका आधारमा सडक विभाग, पाटनढोका ललितपुरले डिपिआरको काम तत्काल गरेर पक्की पुल निर्माणको काम सुरु गर्न गाउँपालिकालाई स्वीकृत दिएको दिप्रुङ गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले जानकारी दिए । ‘डिपीआरको काम सकिए लगत्तै टेन्डर आह्वान गरेर पूल निर्माणको कार्य सुरु हुनेछ ।’ राईले भने । डिपिआर सम्पन्न भए लगत्तैै मन्त्रालयबाट बजेट बिनीयोजनको काम हुनेछ, र टेन्डर भएर पूल निर्माणको काम सुरु गर्ने तयारी रहेको छ । पूल निर्माण भएसंगै दक्षिणी क्षेत्रका सर्वसाधरणलाई सदरमुकाम तथा खानीडाँडा विमानस्थल आउन सहज हुनेछ ।
सदरमुकामसंग दक्षिणी क्षेत्रका नागरिकको छिटो तथा सहज तवरवाट जोडिनसक्ने गरि उक्त स्थानमा पूल निर्माण गर्न लागिएको हो । राई पालिका प्रमुख भएपछि सरकारसंगको सहकार्यमा याम्खाबाट सदरकुमामस्थित खानीडाँडा विमानस्थलसम्म सडकको ट्रयाक खोलीसकेका छन् । दिक्तेलदेखि खानीडाँडा विमानस्थलसम्म कच्ची सडक भएपनि खानीडाँडादेखि याम्खा हुँदै दक्षिणी क्षेत्र जोडने सडक यस अघि निर्माण भएको थिएन् ।
यद्यपी, सदरमुकामदेखि दक्षिणी क्षेत्रको खोटाङबजार जोडने सडक उपयोगमा आउन सकेको छैन । बेलायती सरकारको सहयोगमा ग्रामीण पहँुच कार्यक्रम (¥याप)ले ११ वर्ष लगाएर २०६९ साल असारमा निर्माण सम्पन्न गरेको ७४ किलोमिटर लामो हरित सडक हालसम्म उपयोग बिहिन बनेको छ । ¥यापले ३६ करोड ३२ लाख ९९ हजार ३९१ रुपैयाँको लागतमा वाताबरणमैत्री प्रबिधि अपनाएर निर्माण गरेको सडक सञ्चालनमा ल्याउन उत्तिकै खर्च लाग्ने अवस्थामा पुगेको छ ।
कुटो, कोदालो, ह्याम्मर, सावेल, गैंती लगायतका घरेलु उपकरण प्रयोग गरेर सन् २००२ देखि सडक निर्माणका काम थालेको ¥याप सडक निर्माणका काम पूरा गरेर फिर्ता गएको लामो समय बित्दा समेत उपयोगमा आउन नसकेको स्थानीयको गुनासो छ । सदरमुकाम र दक्षिणी क्षेत्रलाई जोड्ने भनिएको एक मात्र सडक हाल मर्मत अभावमा बेकम्मा बनेको छ ।
रुपाकोट मझुवागी नगरपालिकाको लफ्याङ र साकेला गाउँपालिको मात्तिम बीचमा पर्ने साप्सु खोलामा पक्की पूल निर्माणको कार्य गर्ने भनिए पनि हालसम्म सुरु गरिएको छैन् । उक्त स्थानमा समयमा पुल निर्माण नहुनु नै दक्षिणी क्षेत्रका स्थानीयलाई यातायात पहुँचमा बाधा परेको हो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology