चिसाङ शेर्पा मंसिर/१८ खोटाङ,
आईतवार किरात समुदायको प्रमुख साँस्कृतिक चाड उधौली पर्व खोटाङमा धुमधामका साथ मनाईएको छ । माझकिरातको बस्ती नामले चिनिने खोटाङमा किरात राई समुदायले जिल्लास्थित विभिन्न ऐतिहासिक किराती थातथलो तथा बस्तीहरुमा साकेला सिली नाच्दै एकआपसमा शुभकामना आदानप्रदान गरी उधौली पर्व मनाएका हुन् ।

प्रकृति र पितृपुजक किरातीहरूले आफ्नो पुर्खा र पितृहरूको सम्झनामा पुजाआजा गरी मनाउने यो चाडको अवसरमा किरातीहरुको ऐतिहासिक थलो मानिने मझुवागढी, रुपाकोट, तुवाचुङ, भुम्जु लगायतका स्थानमा भेला भई जिल्लाका किरात समुदायले साकेला सिली नाचेका छन् ।

किरात समुदायमा नयाँ अन्न बाली भित्र्याएको खुसीयालीमा अन्नको सह बसोस्, अन्नबाली सप्रियोस, सुब्यफाब्य होस्, रोगब्याधी नलागोस् भन्ने कामना गर्दै साकेला चाड मनाउँदै आएको किरात राई यायोख्खा जिल्ला अध्यक्ष अन्जना राईले बताईन् । यो चाडलाई किरात समुदायले छोरीचेली–बाउमाईती तथा आफन्त, ईष्टमित्र भेटघाट गर्ने अवसरको रुपमा लिने गरेको पाईन्छ । राईले भने “मनभरीका दुख पिडालाई भुलेर साकेला नाच्दा सबैमा खुशी र सदभाव बढाउने गर्छ ।”

चराचुरुङ्गी लेकबाट बेशींतिर झर्ने जाडो याम अर्थात मंसिरमा उधौली र बेंशीबाट लेकतिर जाने गर्मी याम बैशाखमा उभौली गरी हरेक बर्षको चारै किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले यो चाड उल्लासमय ढंगले मनाउने किरात राई यायोख्खा जिल्ला सचिव युगसन किरातले बताए ।
किरात राईहरुको महान पर्व साकेला बिशेषगरी कुनै ठाउ, स्थान तोकेर नाच्ने चलन रहेको छ । बुढापाका, युवायुवती, बालवालिका परम्परागत भेषभुषामा सजिएर गोलाकार रुपमा एकाकार हुंदै सयौ शिलीहरुमा नाच्ने चलन छ । ढोल, झ्याम्टा बजाउँदै सिलामी, पमी (चम्मर) हातमा लिएर सयौ चराचुरुङगी, जीबजन्तुको नक्कल गर्दै साकेला नाच्ने चलन रहेको छ ।

किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले नाच्ने साकेला बर्षमा दुईपटक मनाईन्छ । शुभकामना तथा मिठा परिकार खादै उधौली पर्व १५ दिन, उभौली पर्ब बैशाखे पुर्णिमाबाट शुरु हुने गर्छ । जो एक महिना मनाउने चलन छ । उभौलीमा लगाएको अन्नबालीमा किरा, रोगब्याधी नलागोस, आपत, विपत नपरोस भनेर प्रकृति पुज्ने चलन रहेको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology