चिसाङ शेर्पा मंसिर/१५ खोटाङ,
खोटाङमा सरकारी कर्मचारीहरुले मोटरसाईकल मर्मत गरे बापत वर्कसपहरुमा मनलाग्दो विल भपाई बनाउँने गरेको पाईएको छ । स्थानीय सरकार कायम भएसंगै वर्कसपहरुमा सेतो नम्बर प्लेट भएका सरकारी मोटरवाईकले वर्कसप सञ्चालकले तोकेभन्दा दोब्बर विल बनाउने गरेको पाईएको हो ।
नाम नबताउने शर्तमा वर्कसप सञ्चालक भन्छन् ‘नीजि वाईकभन्दा सरकारी वाईक वर्कसपमा बढी आउँने गरेका छन्् । वडाध्यक्ष तथा सचिव आउछन् मोबिल चेन्जदेखी सानातिना समस्याको समेत उनीहरु बिल बढाई माग्छन् ।’
मैले त कतीपय सरकारी वाईकवाला साथीहरुलाई भन्छु हामीले यसो गर्नु हुन्न तर, उनीहरु मान्दैनन् । उनले भने, “मैले बिल बढाईदिए उनीहरु खुशी हुन्छन् नबढाउने कुरा गर्दा रिसाउँछन् ।” आधारातमा समस्या देखाउँदै बाईक बनाउन आउछन् तर, बाईक भने सेतो नम्बर प्लेटको हुन्छ । उनी न त वडाध्यक्ष हुन् न सचिव, एक वर्कसप सञ्चालकले सुनाए ।
उनले भने “हामी महिनाभरी काम गरेर दैनिकको हिसाबले सरकारलाई कर तिर्छौ, त्यही पैसाबाट तलब खाने सरकारी कर्मचारीहरु स्वंयम हामीसंग एक प्रकारको व्यावहार राज्यसंग अर्कै व्यावहार गरेर राज्यको ढुकुटी सक्ने काम गर्छन । यो कार्य तत्काल बन्द गरिनुपर्छ ।”
हलेसी, महुरे, दिक्तेलमा रहेका वर्कसपहरुमा मुख्यतः बिल बढाउने क्रियाकलाप बढी मात्रामा देखिने गरेको छ । कतीपय अवस्थामा सरकारी सवारी साधन गलतरुपमा प्रयोग भईरहेको छ ।
वडाध्यक्ष र सचिवले मात्रै कुदाउन पाईने वाईक अन्यले ब्यक्तिगत प्रयोजनका लागि चलाईरहेको पाईएको छ ।स्रोेतका अनुसार रुपाकोट मझुवागढी नगरपालिका १५ बिजयखर्कको वडाध्यक्षको बाईक धेरै रुपमा अरुले प्रयोग गर्ने गरेको पाईएको छ । यस्तै, सदरमुकाम दिक्तेल बजारका कपडा पसल, स्टेशनरी पसल, छापाखाना, एडिट कार्यालय, फोटोकपी सेन्टर लगायतमा समेत सरकारी कर्मचारीले बिल बढाउने गरेको सम्बन्धित पक्षले बताएका छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology