• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

यस्तो थियो, खोटाङको ऐतिहाँसिक तथा पर्यटकीयस्थलमा किराती पुर्खाको प्रतिमा अनावरण(फोटोसहित)

यस्तो थियो, खोटाङको ऐतिहाँसिक तथा पर्यटकीयस्थलमा किराती पुर्खाको प्रतिमा अनावरण(फोटोसहित)


समायोजन खवर
  • बिहिबार, मंसिर ७ २०७४

  • समायोजन खवर मंसिर÷७ खोटाङ,

    खोटाङको ऐतिहाँसिक तथा पर्यटकीयस्थल तुवाचुङ–जायाजुमडाँडामा किरातीको पुर्खा रैछाकुले, तायामा र खियामाको पूर्णकदको प्रतिमा स्थापना गरिएको छ । प्रचार–प्रसार गर्दै ऐतिहासिकस्थल एबं पर्यटकको गन्तव्यस्थलकारुपमा बिकास गर्नका लागि हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानस्थित तुवाचुङ–जायाजुमडाँडामा किरातीको पुर्खा रैछाकुले, तायामा र खियामाको पूर्णकदको प्रतिमा राखिएको हो । प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल हलेसीभन्दा केहीमाथि रहेको तुवाचुङ–जायाजुमडाँडामा ढलौटबाट निर्मित किराती पुर्खाको पूर्णकदको प्रतिमा गत शनिबार अनावरण गरिएको छ । तीन वर्षको प्रयासपछि करिब दुई÷दुई सय केजीको प्रतिमा किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राई, पुर्वअध्यक्ष चतुरभक्त राई र गंगाराज राईले संयुक्तरुपमा अनावरण गरेका हुन् ।

    देश÷विदेशमा बसोबास गरिरहेका किरात र गैर–किरातको आर्थिक सहयोगमा संकलन भएको ५५ लाखको लागतमा किराती सभ्यताको उद्गमस्थल मानिने धार्मिक तथा पर्यटकीयस्थल तुवाचुङ जायाजुममा ढलोटको प्रतिमा स्थापना गरिएको प्रतिमा स्थापना समितिका संयोजक गेन राईले बताए । तुवाचुङ–जायाजुमडाँडालाई किरातीको उद्गम थलो र आस्थाको केन्द्रकारुपमा मान्ने गरिएका कारण तीन पुर्खाको प्रतिमा बनाएर राखिएको प्रतिमा स्थापनामा अगुवाई गरिरहेका किरात राई यायोक्खाले जनाएको छ ।

    “किराती मिथक अनुशार रैछाकुले पिता पातेसुङ र आमा दिलीदुमका छोरा तथा तायामा–खियामा छोरी हुन् । उनीहरुलाई हरेक किरात समुदायमा फरक–फरक नामले चिन्ने गरिन्छ । किराती लोकोक्ति अनुसार तायामा, खियामा र रैछाकुलेले किराती सभ्यताको सुरुवात गरेको मानिन्छ । मानव सभ्यतालाई उनीहरुले नै जंगली र सिकारी युगबाट कृषि युग हुँदै सभ्य र आधुनिक युगमा प्रवेश गराएको किंवदन्ती छ ।”

    प्रतिमा स्थापनाले तुवाचुङ–जायाजुमको पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको प्रतिमा स्थापना समितिका उपसंयोजक तेजप्रकाश राईले बताए । प्रतिमा स्थापनाकाक्रममा खोटाङ, उदयपुर, ओखलढुंगा, भोजपुर, पाँचथर, इलाम, धनकुटा लगायतका किरात राईको बाक्लो उपस्थिति रहेको थियो । तुवाचुङ–जायाजुमडाँडामा दर्शन गर्न र भ्रमण गर्न देश बिदेशका किराती र गैर–किरातीको भीड लाग्ने गरेको छ । ‘इस्लाम धर्मावलम्बीको मक्कामदिना, हिन्दुको काशी भनेजस्तै किरातीको आस्थाको केन्द्र हो यो ठाउँ,’ प्रतिमा स्थापना समितिका संयोजक राईले भने,‘यसको प्रचारप्रसार र संरक्षणका लागि पुर्खाको प्रतिमा राखिएको हो ।’

    किराती मिथक, लोककथा अध्ययन र जानकारसँगको परामर्शमा लामो समय र मेहनत लगाएर कलाकार अर्जुन खालिङले तयार पारेको रेखा चित्र अनुशार रैछाकुले, तायामा र खियामाको ढलौटको पूर्णकदको प्रतिमा तयार पारेर तुवाचुङ–जायाजुममा स्थापना गरिएको हो । किरात राई यायोक्खाबाट रैछाकुले, तायामा र खियामाको चित्र कोर्ने जिम्मा पाएको किरात राई प्रज्ञा परिषदले खालिङलाई चित्र बनाउने जिम्मा दिएको थियो । प्रतिमा स्थापना समितिले २०७३ साल भदौ ४ गते तायामा, खियामा र रैछाकुलेको रेखाचित्र सार्वजनिक गरेको थियो । रेखाचित्र अनुशार किराती पूर्खाको मुर्ती मुर्तीकार धनु याक्खा र रोजन राईले निर्माण गरेका हुन् । किराती पुर्खाको प्रतिमा स्थापनार्थ गठित समितीले पुर्खाको काल्पनिक रेखाभित्र तयार पारेर सार्वजनिक गरेको दुई महिनापछि प्रतिमा राख्ने स्थान निश्चित गरेको थियो ।

    किराती मिथक अनुशार रैछाकुले पिता पातेसुङ र आमा दिलीदुमका छोरा तथा तायामा–खियामा छोरी हुन् । उनीहरुलाई हरेक किरात समुदायमा फरक–फरक नामले चिन्ने गरिन्छ । किराती लोकोक्ति अनुसार तायामा, खियामा र रैछाकुलेले किराती सभ्यताको सुरुवात गरेको मानिन्छ । मानव सभ्यतालाई उनीहरुले नै जंगली र सिकारी युगबाट कृषि युग हुँदै सभ्य र आधुनिक युगमा प्रवेश गराएको किंवदन्ती छ । तीन पुर्खाले हलेसी गुफा, तुवाचुङ–जायजुमडाँडा र सो आसपासमा बसेर जीवन निर्वाह गरेको जनबिश्वास छ । तुवाचुङ–जायजुममा तायामा र खियामाले ढुंगामाथि बसेर खाँडीको कपडा बुन्ने गरेको ठाउँलाई अहिले पनि तान बुन्ने ढुंगाले चिनिन्छ । सो तानबुन्ने ढुंगामा आएर कामना गर्ने छोरीचेलीलाई तान बुन्ने सीप प्राप्त हुनेगरेको किंवदन्ती अहिले पनि चर्चित छ ।

    किरात समुदायका बुढापाकाका अनुशार रैछाकुले हलेसी गुफामा र तायामा–खियामा तुवाचुङ जायजुमडाँडामा बस्ने गर्थे । सोही कारण किरात समुदायले हलेसी र तुवाचुङचङ–जायजुमडाँडालाई सांस्कृतिक महत्वकारुपमा लिने गरेका छन् । खोला कोसीमा जाल हानेर माछा मार्ने र धनुषबाणले शिकार गरेर जीवन निर्वाह गरेका रैछाकुलेले नै बिवाह संस्कारको थालनी गरेको भनाई छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology