समायोजन खबर खोटाङ, नेकपा एमाले खोटाङले एमाले कोशी प्रदेश लेखा कमिटी सचिव ओमप्रकाश घिमिरेलाई स्पष्टीकरण सोधेको छ।
२०८२ फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचन परिणाम सार्वजनिक भएदेखि यता, एमालेको विधान २०४९(शंसोधनसहित)को मर्म र भावना विपरित पार्टी हित विरुद्ध गतिविधि गरेको बुझिएको भन्दै असोज ७ गते स्पष्टीकरण सोधेको हो।
पार्टी विधानको धारा ८१ को उपधारा(१) वा उपधारा(७) बमोजिम प्रक्रिया किन अगाडि नबढाउने भनी जिल्ला कमिटीको गत असार १२ गते बसेको बैठकको निर्णय अनुसार स्पष्टीकरण सोधिएको पार्टी अध्यक्ष देवविक्रम राईले बताए।
घिमिरेलाई आफ्नो सफाइ पेश गर्ने गरी लिखित स्पष्टीकरण पार्टी कार्यालय दिक्तेलमा सातदिन भित्र पेश गर्न भनिएको छ। अन्यथा पार्टीको विधान बमोजिम भइजाने उल्लेख छ।
विधि प्रक्रिया भन्दा बाहिर बिनाकारण सोधिएको स्पष्टीकरणको कुनै महत्व नभएकाले त्यसलाई कुनै मतलब नराख्ने घिमिरेले बताए। असोज ३ गते संविधान दिवसको अवसरमा पार्टी जिल्ला कमिटीले पार्टी कार्यालय अगाडि आयोजना गरेको कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै घिमिरेले एमालेलाई सुदृढ बनाउनुपर्ने मन्तब्य राखेका थिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology