समायोजन खबर खोटाङ, छैंटौ सोल्मा अन्तर वडा कप, पुरुष फुटबल प्रतियोगितामा बाहुनीडाँडा फुटबल क्लब च्याम्पियन बनेको छ। सोल्मास्थित खेलमैदानमा शनिबार ट्राइबेकरमा मात्तिम फुटबल क्लबलाई पराजित गर्दै बाहुनीडाँडा च्याम्पियन बनेको हो।
निर्धारित समयमा कुनै पनि गोल नभएपछि खेल ट्राइबेकरमा गएको थियो । च्याम्पियन बनेको बाहुनीडाँडाले नगद १ लाख ११ हजार १११ हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
उपविजेता मात्तिमले ६६ हजार ६६६ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा सेमिफाइनलिष्ट बाम्राङ फुटबल क्बल र इन्द्रेणीपोखरीले नगद २५/२५ हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गरेको आयोजक सोल्मा स्पोर्टस क्लबका अध्यक्ष ध्रुवविक्रम राईल जानकारी दिए।
प्रतियोगितामा सोल्माका दिप्सन राई उदयमान खेलाडी, बाहुनीडाँडाका डिकेन राईले सर्वाधिक गोलकर्ता, बाहुनीडाँडाका दिपेन्द्र राईले बेष्ट कोच, बाहुनीडाँडाका सुजल परियारले उत्कृष्ट गोलरक्षक, मात्तिमका प्रतीक कटुवालले बेष्ट डिफेण्डर, मात्तिमका युसन राईले बेष्ट मिडफिल्डर, बाहुनीडाँडाका तिलक खड्काले सर्वोत्कृष्ट खेलाडी र इन्द्रेणीपोखरीले अनुशासित टिमको पुरस्कार पाएका छन्।
प्रतियोगितामा १४ टिमको सहभागिता थियो। यसैबीच, पत्रकार सविना अछामेलाई ५ हजार ५५५ रुपैयाँको खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिएको क्लबका सचिव अमर श्रेष्ठले जानकारी दिए।
८ बैशाखदेखी सुरु भएको प्रतियोगिताको उद्घाटन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विसन राईले सोल्मा स्पोर्टस क्लबको ब्यानर बेलुनमा बाँधेर उक्त बेलुन उडाई उद्घाटन गरेका थिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology