• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

विधार्थी र शिक्षक लक्षित विज्ञान-गणित प्रदर्शनी

विधार्थी र शिक्षक लक्षित विज्ञान-गणित प्रदर्शनी


समायोजन खबर
  • बुधबार, चैत्र २५ २०८२

  • समायोजन खबर खोटाङ, खोटाङमा वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी हुने भएको छ।

    विधार्थीहरुमा वैज्ञानिक चेतना, गणितीय सीप र नवप्रवर्तन क्षमताको विकास गर्ने उद्देश्यले आगामी बैशाख ३ गतेदेखी ७ गतेसम्म शुभम फाउण्डेसन सोल्मामा प्रदर्शनी हुने भएको हो।

    हिमालय मावि सोल्माको पहल, शुभम फाउण्डेसन र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सह–आयोजना तथा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा प्रदर्शनी कार्यक्रम हुने शुभम फाउण्डेसनका प्रबन्ध निर्देशक सुर्य राईले जानकारी दिनुभयो।

    पाँचदिने प्रदर्शनीमा बैशाख ३ गते स्टल अवलोकन तथा प्रदर्शनी र उद्घाटन, बैशाख ४ गते एआईको महत्व शीर्षकमा निबन्ध लेखन, रोबोकार रेस, बैशाख ५ गते प्यानल डिस्कसन,पर्यावरणीय साहित्यिक गोष्ठी, जुहारी र साकेला सिली, बैशाख ६ गते विज्ञान प्रदर्शनी, प्यानल डिस्कसन, धिरज राई र चाप्रा ब्याण्डको प्रस्तुती र बैशाख ७ गते पुरस्कार वितरणसँगै औपचारिक रुपमा कार्यक्रम समापन हुनेछ।

    प्रदर्शनीमा परियोजना प्रतिस्पर्धामा प्रथम हुनेले २० हजार, दोश्रोले १० हजार, तेश्रोले ५ हजार, रोबो कार रेस र निबन्ध प्रतियोगितामा प्रथम हुनेले १५ हजार, दोश्रोले १० हजार, तेश्रोले ५ हजार पुरस्कार प्राप्त गर्नेछन्।

    प्रदर्शनीले स्थानीय प्रविधि र सीपलाई आधुनिक बिज्ञानसँग जोडेर प्रवद्र्धन गर्ने, आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटिक्सजस्ता अत्याधुनिक प्रविधिमा युवाहरुको पुहँच पु¥याउने तथा विधार्थी र शिक्षकहरुको उत्साह बढाउनेछ। प्रदर्शनीमा रेडपाण्डा मुखरित भुन्टे नामको एआई रोबोट समेत राखिने र उक्त रोबोटसँग प्रत्यक्ष कुराकानी गर्न सकिने जानकारी दिईएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology