समायोजन खबर खोटाङ, खोटाङको साकेला गाउँपालिका–२ रतन्छामा भएको स्वास्थ्य शिविरमा २०८ जना नागरिकले स्वास्थ्य सेवा लिएका छन्।
रणभीम गण मुडे ब्यारेक र नम्बर १८ फि ए गुल्मको आयोजनामा १६ चैतमा भएको शिविरमा ५९ जना पुरुष, १४९ जना महिला तथा १० जना बालबालिकाले विभिन्न प्रकारका स्वास्थ्य सेवा लिएका छन्।
जिल्ला अस्पताल र गाउँपालिकाको आधारभूत अस्पतालसँग समन्वय र सहयोगमा सेनाले चलाएको शिविरमा स्वास्थ्य परीक्षण, औषधि वितरण, महिला तथा बाल स्वास्थ्य सम्बन्धी परामर्श सेवा प्रदान गरिएको छ।
नागरिक र सैन्य सम्बन्ध सुदृढ गर्न तथा दुर्गम क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले शिविरको आयोजना गरिएको रणभीम गण मुडे ब्यारेकका गणपति प्रमुख सेनानी केदारप्रसाद लामिछानेले बताउनुभयो।
सेनाले चलाएको शिविरले स्थानीयस्तरमा स्वास्थ्य सेवा प्रवाहमा सहयोग पुगेको र नागरिक–सैन्य सम्बन्ध अझ मजबुत भएको साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताउनुभयो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology