समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले संरक्षणविहीन एकजना बालिकाको उद्धार गरेको छ। नगरपालिकाले १३ वर्षीया बालिका जीना राईको उद्धार गरी निःसहाय बालबालिका सेवा आश्रम सुनसरी इटहरी पठाएको छ।
आश्रमबाट आवश्यक संरक्षण, पालनपोषण तथा शिक्षादिक्षा लगायत सम्पूर्ण व्यवस्थापन मिलाएर चैत ४ गते बिहान स्वास्थ्यकर्मीसहित बालिकालाई गाडीमार्फत पठाईएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक खेमराज आचार्यले बताए।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले डाँडाखर्कमा अस्थायी बसोबास गरी लफ्याङस्थित श्रीमावि कक्षा–७ मा अध्ययनरत बालिका केही समयदेखि बेवारिसे अवस्थामा थिए। बालिकाको आमा पनि दोश्रो विवाह गरी अन्यत्र गएपछि उनी झनै संरक्षणविहीन भएकी थिईन्।
संरक्षण विहीन भएपछि फागुन ३० गते बालिकालाई नुनथलास्थित प्रहरी चौकी नुनथलाको टोलीले सडकमा एक्लै हिडिरहेको अवस्थामा फेला पारेको थियो। सोधपुछपछि बालिकाले बुबाआमाको नामथर ठेगाना खाल्ले डाँडाखर्क बताए पनि खोजतलास गर्दा बालिकाको कोही अभिभावक नभेटिएको र कोही सम्पर्कमा नआएपछि बालिकालाई सुरक्षित आवास गृहमा पठाइदिन नगरपालिकालाई जिल्ला प्रहरी कार्यालयले पत्रचार गरेको थियो।
सोही आधारमा बालिकालाई आवश्यक पर्ने सम्पूर्ण व्यवस्थापन मिलाएर आश्रममा पठाईएको मेयर तीर्थराज भट्टराईले बताउनुभयो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology