• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एसईईमा उत्कृष्ट जीपीए ल्याउने विधार्थीलाई एक-एक लाख प्रदान

एसईईमा उत्कृष्ट जीपीए ल्याउने विधार्थीलाई एक-एक लाख प्रदान


समायोजन खबर
  • बिहिबार, माघ ३० २०८२

  • समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकाले एसईईमा उत्कृष्ट जीपीए ल्याउने विधार्थीलाई पुरस्कृत गरेको छ। गाउँपालिकाभित्रका आठवटा माविबाट २०८१ सालको एसईईमा सहभागी भई सबैभन्दा बढी जीपीए ल्याउने एकजना छात्र र दुईजना छात्रालाई पुरस्कृत गरेको हो।

    गाउँपालिकाका शिक्षा अधिकृत सुरेन्द्र खनालका अनुसार छात्रतर्फ उत्कृष्ट जीपीए(३.०५) ल्याउने सूर्य मावि सुङदेलका रोचक राईलाई एक लाख र समान (३.१२) जीपीए ल्याउने जालपा मावि बाक्सिलाकी अष्मिता खत्री र पृथ्वी मावि बाक्सिलाकी छात्रा दिर्पना सुनुवारलाई जनही ५० हजार पुरस्कार प्रदान गरिएको छ।

    एसईईमा गाउँपालिकाभित्र उत्कृष्ट जीपीए ल्याउने एक–एकजना छात्राछात्रलाई पुरस्कृत गर्ने नीति भए पनि छात्रातर्फ दुईजनाले समान जीपीए ल्याएपछि नगद एक लाख रुपैयाँलाई आधा-आधा वितरण गरिएको शिक्षा अधिकृत खनालले जानकारी दिनुभयो।

    पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापनको अवसरमा बुधबार पृथ्वी माविको प्राङगणमा गाउँपालिका उपाध्यक्ष गुरुराज राई, प्रशासकीय अधिकृत सौ धन राईले उत्कृष्ट विधार्थीहरुलाई पुरस्कार प्रदान गर्नुभएको हो।
    यस्तै, कार्यक्रमका अवसरमा २०८१ सालको कार्य सम्पादनमा उत्कृष्ट हुनुभएका प्रधानाध्यापक र शिक्षकलाई नगदसहित सम्मान गरिएको छ। माध्यमिक तहको उत्कृष्ट प्रअमा पृथ्वी मावि बाक्सिलाका प्रअ छत्रकुमार राई, आधारभूत विद्यालयको उत्कृष्ट प्रअमा सिंहकाली आधारभूत विद्यालयका प्रअ देबराज राई, उत्कृष्ट मावि शिक्षकका रुपमा सूर्य मावि सुङदेलका शिक्षक उमेश कुमार यादव, आधारभूत तहका उत्कृष्ट शिक्षकका रुपमा शुक्रजित मावि खार्तम्छाका शिक्षक उमेश राई र थर्पुडाँडा मावि सप्तेश्वरकी शिक्षिका प्रमिला राईलाई जनही दश हजार र सम्मानपत्र प्रदान गरेर सम्मान गरिएको छ ।
    राष्ट्रपति रनिङ शिल्डको उपाधी पृथ्वी माविलाई
    केपिलासगढी गाउँपालिकामा भएको माध्यमिक विद्यालयस्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पृथ्वी मावि बाक्सिला प्रथम भएको छ। ३८ स्वर्ण, ३१ रजत र २५ कास्य ल्याएर पहिलो बनेको पृथ्वी माविले रनिङ शिल्ड, मेडल, प्रमाणपत्रसहित ५५ हजार प्राप्त गरेको छ।

    ४ स्वर्ण, ६ रजत, ५ कास्य पदक ल्याएर शुक्रजित मावि खार्तम्छा दोश्रो र ३ स्वर्ण, ४ रजत, ५ कास्य ल्याएर रेणुका मावि दिप्सुङ तेश्रो बनेको छ। दोश्रो र तेश्रोले क्रमशः ५० हजार र ४५ हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गरेको छ। गाउँपालिकाको आठ लाख बजेटमा पृथ्वी मावि बाक्सिलाको व्यवस्थापनमा सोही विद्यालयमा माघ २५ गतेदेखि माघ २८ गतेसम्म प्रतियोगिता सञ्चालन भएको हो।

    नौ वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा भलिबल, १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर दौड, १०० मिटर, ४०० मिटर रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, सटफुट, ज्याभलिङ थ्रो, कराते र तेक्वान्दो प्रतियोगिता भएको थियो।

    प्रतियोगितामा ८० प्रतिशत सहभागी हुने फेदी, खार्तम्छा, दिप्सुङ र सुङदेलका सहभागी विद्यालयलाई ४० हजार, बासपानी, सप्तेश्वरका सहभागी विद्यालयलाई ३५ हजार तथा बाक्सिलाका सहभागी विद्यालयलाई ३० हजार यातायात तथा व्यवस्थापन खर्च उपलब्ध गराइएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology