• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अग्नी पीडित परिवारलाई ७ लाख ७५ हजार ५७७ रुपैयाँ राहत

अग्नी पीडित परिवारलाई ७ लाख ७५ हजार ५७७ रुपैयाँ राहत


समायोजन खबर
  • बुधबार, साउन २९ २०८२

  • अग्नी पीडितलाई राहत हस्तान्तरण गर्नुहुँदै अगुवा युवा सुन्दर तामाङ लगायत।

    समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका अग्नी पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ। साविक नुनथला–९ का अग्नी पीडित जित बहादुर तामाङको परिवारलाई सात लाख ७५ हजार ५७७ रुपैयाँ हस्तान्तरण गरिएको हो।

    आगलागीपछि नुनथलाका स्थानीय एवंम् वडा सदस्य तारादेबी तामाङको संयोजकत्वमा साउन १९ गते स्वेच्छिक रुपमा गठन गरिएको १५ सदस्यमार्फत संकलन भएको राहत बुधबार पीडित परिवारलाई घट्नास्थलमै पुगेर हस्तान्तरण गरिएको छ।
    गाउँ समाजबाट संकलन भएको दुई लाख २८ हजार ८३५ र साविक नुनथला–९ कै स्थानीय एवंम् अगुवा युवा सुन्दर तामाङको व्यक्तिगत बैंक खातामा देश–विदेशमा रहेका आफन्त तथा शुभेच्छुकले जम्मा गरिदिएको पाँच लाख ४१ हजार ७४२ रुपैयाँसहित सात लाख ७५ हजार ५७७ रुपैयाँ राहत हस्तान्तरण गरिएको राहत संकलन समितिका सदस्य एवंम् शिक्षक धनकुमार पाख्रिनले बताउनुभयो। गाउँ समाज बाहेक अन्यहरुलाई सल्लाह अनुसार नै तामाङको बैंक खातामा राहत सहयोग गर्न आग्रह गरिएको थियो।

    समाजबाट संकलन भएको राहत वडाध्यक्ष भगेश्वर राई र देश–विदेशमा रहेका आफन्त तथा शुभेच्छुकहरुले बैंक खातामा जम्मा गरिदिएको राहत अगुवा युवा सुन्दर तामाङले पीडित परिवारलाई हस्तान्तरण गर्नुभएको छ।

    अग्नी पीडित परिवारलाई खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले दश हजार, साविक नुनथला–८ गैरीले १५ हजार ३८० रुपैयाँ, महिला तथा युवा समूह महुरेबाट २० हजार, किरात राई चाम्लिङ रिङालुङछाबाट ४२ हजार ४६० रुपैयाँ, किरात राई चाम्लिङ राखुमीहँछाबाट ५८ हजार ५६ रुपैयाँ, दम्कु–गोपिनी–भरङगेबाट नौ हजार १५० रुपैयाँ, धरान तरहराबाट ६७ हजार ७५० रुपैयाँ, रुपाकोट तामाङ सेवा समाजबाट १५ हजार लगायत अन्य व्यक्तिहरुबाट ६० हजार ९५१ रुपैयाँ राहत जुटेकोे थियो।

    अग्नी पीडित तामाङको श्रीमतीसहित एक छोरा, चार छोरी रहेका छन्। तर, छोराछोरीहरु अलग–अलग भईसकेका छन्। आगलागीबाट घर जलेपछि तामाङ श्रीमतीसँग भुकम्प प्राधिकरणले बनाईदिएको छोराको घरको एक कोठामा बस्दै आउनुभएको छ। गत साउन १८ गते साँझ ६ बजे घरभित्र रहेको चुलोबाट अचानक आगो सल्किदा तामाङको घरसहित सम्पूर्ण धनमाल जल्दा करीव १३ लाखको क्षति भएको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology