• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा मेयरदेखी उम्मेद्वारसम्मका घर–जग्गा कब्जा

खोटाङमा मेयरदेखी उम्मेद्वारसम्मका घर–जग्गा कब्जा

चुनावको मुखमा आउन थाल्यो अराजक गतिविधि


समायोजन खबर
  • सोमबार, कार्तिक २७ २०७४

  • समायोजन खवर कार्तिक÷२७ खोटाङ,

    हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख इबन राईको घर, जग्गा र सम्पत्ति नेपाल कम्युनिस्ट पार्टी खोटाङले नियन्त्रणमा लिएको छ ।
    नगरप्रमुख राईको घरमा कात्तिक २५ गते शनिवार राति कसैले थाहा नपाउनेगरी विज्ञप्ती टाँसी घर, जग्गा र सम्पत्ति नियन्त्रणमा लिएको उसले जनाएको हो ।

    नेकपा कार्यकर्ताले आधा सत्ता सञ्चालन गर्ने भन्दै स्थानीय तहमा विनियोजित आधा बजेट माग गर्दै आएका थिए ।

    नेकपा खोटाङ सेक्रेटरीद्वारा जारी विज्ञप्तीको पुछारमा उल्लेख छ, ‘खोटाङ जिल्लाका जनतालाई गुन्डा र पैसाको बलमा चुनाव जितिसकेर देश लुट्न लागिपरेका खोटाङ जिल्ला मंगलटार गाविस वडा नं. २ निवासी राई दलाल संसदीय व्यवस्थाको मत्यार बनेको हुँदा निजको स्वामित्वमा रहेका सम्पूर्ण घर, जग्गा, सम्पत्ति हाम्रो पार्टीको नियन्त्रणबाट जनताले उपभोग गर्ने कुरा सम्पूर्णमा जानकारी गरिन्छ ।’ विज्ञप्तीमा उल्लेख गरिएकोे छ ।

     

    हलेसी–तुवाचुङ नगरपालिका नगरप्रमुख राईको आँगनमा पार्टीको झन्डा गाडेको र घरको भित्तामा  विज्ञप्ति टाँसिएको छ । नगरप्रमुख राईले बिहान उठ्दामात्रै आँगनमा झन्डा गाडेको र विज्ञप्ति टाँसेको आफुले थाहा पाएको बताउँनुभयो । उहाँका अनुसार “नेकपा कार्यकर्ताले आधा सत्ता सञ्चालन गर्ने भन्दै स्थानीय तहमा विनियोजित आधा बजेट माग गर्दै आएका थिए । उनिहरुले प्रत्यक्ष टेलिफोन गरेर समेत आसन्न निर्वाचन प्रचारप्रसारमा नहिँड्नसमेत सुझाएका थिए ।”

    यस्तै, नेत्रविक्रम चन्द विप्लव समुहले प्रदेशसभा (क)का कांग्रेस उम्मेद्वार सुवासकुमार पोखरेल, राप्रपाका नेता चन्द्रसिं वस्नेत र उनका छोरा गिरीराज बस्नेतको घर जग्गा कब्जा गरेको नेपाल कम्न्युष्ट पार्टीको विज्ञप्तीमा उल्लेख रहेको छ ।

    चुनावको मुखमा विविध कार्यक्रम र चुनावीसभामा व्यास्त प्रदेशसभाका (क)का उम्मेद्वार पोखरेलले कब्जा वारेमा जानकारी नभएको बताएका छन् । आगामी मंसिर १० गते हुने निर्वाचन प्रभाव पार्नका लागि श्रृङखलावद्धरुमा भईरहेको अराजक गतिविधिलाई निर्मुलन गर्न दोषीहरुको खोजी भईरहेको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए । निर्वाचन विफल बनाउन बिप्लव समुहले घर जग्गा कब्जा गर्न थालेको अनुमान गरिएको छ ।

     

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology