समायोजन खबर खोटाङ, खोटाङका साहित्यकार एवं पत्रकार श्रीराम राईलाई ‘गोधूलि भानु काव्य सम्मान–२०८२’ प्रदान गरिएको छ। नेपाली भाषा, साहित्य र संस्कृतिको सम्वद्र्घन र संरक्षण पु¥याएको योगदानको कदर गर्दै गोधूलि साहित्य प्रतिष्ठान, काठमाडौंले साहित्यकार एवं पत्रकार राईलाई ‘गोधूलि साहित्य सम्मान’ प्रदान गरेको हो।
२१२ औं भानुजयन्तीको अवसरमा नेपाल प्रज्ञाप्रतिष्ठान (लेखनाथ प्रवचन कक्ष)मा असार २८ गते आयोजित कार्यक्रममा प्रतिष्ठानले साहित्यकार एवं सञ्चारकर्मी राईलाई सम्मान गरेको हो।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, दोर्पा, चिउरीडाँडा, सिर्जनाकुञ्जका राईले यसअघि इडन व्रिज एकेडेमी बालपत्रकारिता सम्मान (२०७६), संसाक भवानी शङ्खर लघुकथा सम्मान (२०७७), विष्णुहेम अक्षरमार्ग बालसाहित्य सम्मान (२०७९), साहित्यिक पत्रकार संघ, स्वर्ण महोत्सव (२०८०) जस्ता सम्मान तथा पुरस्कार पाइसकेका छन्।
१० वर्षे शिक्षण पेशाको अनुभव सँगालेर काठमाडौं प्रवेश गरेका राई बालकथा, लघुकथा, हाइकु, मुक्तक, गीत, गजल र कवितामा उत्तिकै कलम चलाउँछन्। उनको ‘टोली नेता’ (बालकथासंग्रह, २०७४), ‘आजका लघुकथा’ संयुक्त लघुकथासंग्रह (२०७४), ‘पोलेको मकै’ बालकथासंग्रह, २०७८) लगायतका कृति प्रकाशित छन्। रावासावा प्राज्ञिक समाज नेपालका सचिव राई लघुकथा समाज नेपाल शाखा खोटाङको पहिलो अध्यक्ष पनि हुन्।
यस्तै राधेश्याम लेकाली, गंगा पौडेल कर्माचार्य, रेणुका भट्टराई, भीष्मराज ढुंगेल, विक्रमभक्त जोशी, रेणु अधिकारी ‘मौनता’, दीपसागर थापा मगर, गीता अर्याल, लोकगायक प्रेम खड्का र एन्जल्स वल्र्ड इन्टरनेशनल एकेडेमीलाई पनि ‘गोधूलि भानु काव्य सम्मान–२०८२’ अर्पिएको छ। गोधूलि साहित्य प्रतिष्ठानले वरिष्ठ कवि तुलसी दिवसलाई ‘गोधूलि भानु शिखर अभिनन्दन’ गरेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology