समायोजन खबर खोटाङ, खोटाङ जिल्लालाई पूर्ण खोप शुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। जिल्लाको दुई नगरपालिका र आठ गाउँपालिकाले पूर्ण खोप शुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि जिल्लालाई पूर्ण खोप शुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।
कोशी प्रदेशका स्वास्थ्यमन्त्री एवंम् भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईले असार २२ गते खोटाङ जिल्लालाई पूर्ण खोप शुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभएको हो।
स्वास्थ्य कार्यालय खोटाङका अनुसार चालू आर्थिक २०८१/०८२ मा जन्मेदेखि १५ महिनाका दुई हजार ५५७ जना, घरधुरी सर्वेक्षणमा भेटिएका १६ महिनादेखि ५९ महिनाका सात हजार ५८२ जना र खोप छुट भएका पाँचजना बालबालिकालाई सम्पूर्ण किसिमका खोप दिईएको छ।
जिल्लाको समग्र खोप कार्यक्रमको प्रगति सन्तोषजनक रहेको स्वास्थ्य कार्यालयका प्रमुख जीवन चौलागाँइले बताउनुभयो। कार्यक्रमकै अवसरमा दुई नगरपालिका र आठ गाउँपालिकाबाट छनौट भएका एक–एकजना गरी १० जना उत्कृष्ट महिला स्वयंसेविकालाई जनही १२ हजारका दरले सम्मान गरिएको छ। 
सम्मानित हुनेमा केपिलासगढी गाउँपालिकाकी रमा थापा, ऐसेलुखर्क गाउँपालिकाकी तारा श्रेष्ठ राजभण्डारी, रावाबेंशी गाउँपालिकाकी भोज कुमारी घिमिरे, हलेसी तुवाचुङ नगरपालिकाकी अमृता राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी बिसुकला राई, साकेला गाउँपालिकाकी जमुना राई, दिप्रुङ चुईचुम्मा गाउँपालिकाकी नैन कुमारी राई, खोटेहाङ गाउँपालिकाकी कृष्ण कुमारी राई, जन्तेढुंगा गाउँपालिकाकी जित कुमारी खत्री र बराहपोखरी गाउँपालिकाकी अर्चना मगर रहेकी छन्।
यसैबीच, सबै स्थानीय तहका स्वास्थ्य शाखालाई पनि सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको छ। रावाबेशी गाउँपालिकाले सबैभन्दा पहिला बैशाख १७ गते पूर्ण खोप शुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरेको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology