• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सुनकोशी नदीमा शव फेला

सुनकोशी नदीमा शव फेला


समायोजन खबर
  • सोमबार, जेष्ठ १३ २०८२

  • फाइल फोटो

    समायोजन खबर खोटाङ, खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरास्थित सुनकोशी नदीमा  शव फेला परेको छ।

    नदीको बीच भागमा रहेको ढुंगामा अन्दाजी १६ वर्षीय पुरुषको शव नाङ्गो र घोप्टो अवस्थामा सोमबार बिहान स्थानीयले फेला परेको हो।

    शव फेला परेको खबर स्थानीयबाट आएपछि प्रहरी चौकी देबिस्थानबाट प्रहरी हवल्दार ध्वज बहादुर तामाङको नेतृत्वमा टोलि गई शवलाई नदीको किनारमा निकालेर सुरक्षित राखेकोे छ।

    शवको हुलिया गहुगोरो, उचाई अन्दाजी ५ फिट, कालो कपालमा हल्का रातो रंग लगाएको हल्का लामो, मंगोलियन अनुहार भएको प्रहरीले जनाएको छ।

    भेटिएको शव जेठ १० गते सुनकोशी नदीमा पौडी खेल्ने क्रममा बगेका हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका १६ वर्षीय सविन राईको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको तर सनाखत भईनसकेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। शवलाई जिल्ला अस्पताल दिक्तेल ल्याउने तयारी भईरहेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology