समायोजन खबर खोटाङ, प्रभु बैंक दिक्तेल शाखाले दुई वर्षसम्म पनि खाता परिवर्तन नगरीदिदा नेपाल रेडक्रस सोसाइटी डुम्रेधारापानी उपशाखा कारोबार गर्नबाट बञ्चित बनेको छ। २०८० असार १३ गते अधिवेशन भई आएको नयाँ समितिको नाममा बैंकले वर्षौवर्ष झुलाएर अझै खाता परिवर्तन नगरीदिदा उपशाखा कारोबार गर्नबाट बञ्चित बनेको हो।
अधिवेशनपछि भीम बहादुर पाण्डेको सभापतिमा नयाँ समिति आयो। समितिको वैठकले सभापति पाण्डे र कोषाध्यक्ष भीमादेवी आचार्य भट्टराईको दस्तखतबाट बैक खाता परिवर्तन गर्ने निर्णय गरी आवश्यक प्रक्रिया पूरा गरेको तर, केही महिनापछि कार्य समिति सबैको नागरिकता मागेको र सो पेश गर्दा पनि फेरी केही महिनापछि विभिन्न कागजात मागेको तर, खाता परिवर्तन नगरीदिएको रेडक्रस जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार वजिमयले बताए।
‘खाता परिवर्तनको प्रक्रिया थालेको सुरुदेखि लगभग दुईवर्ष भईसक्दा पनि अझै नागरिकता माग्ने गरेको छ। नागरिकता पेश गर्दा फेरी केही दिनपछि अरु कागजात मागी झुलाई दुःख दिईरहेको छ।’ वजिमयले भने।
बैंकले खाता परिवर्तन नगरिदिंदा उपशाखाले विपदमा परेकालाई राहत दिन सकिरहेको छैन। उपशाखाका पदाधिकारहरुको कार्यकाल आउने असार १३ गते सकिन्दैछ। बैंकले खाता परिवर्तनमा झुलाईदिंदा कार्यकाल अवधिमा खाता सञ्चालन नै गर्न पाउने कि नपाउने भन्ने दुविधा बढेको छ।
पटक–पटक बैंकमा धाउने, कागजात बुझाउने गर्दा पनि खाता परिवर्तन नगरिदिएकाले खातामा भएको पैसा निकालेर अग्नी पीडित चार परिवारलाई राहत दिन नसकिएको सभापति पाण्डेले बताउनुभयो।
खाता परिवर्तन नहुनुको कारण के हो भनेर बैंकका शाखा प्रमुख प्रबिन घिमिरेलाई प्रश्न गर्दा यस विषयमा बोल्न नमिल्ने प्रतिक्रिया दिएका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology