समायोजन खबर खोटाङ,‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनका फाइनलिस्ट रोशन राई भोट माग्दै गृह जिल्ला खोटाङ आईपुगेका छन्।
टीम मेलिना राईबाट फाइनलिस्ट बनेका रोशनलाई बुधबार दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कुलले कार्यक्रमको आयोजना गरी एक लाख भोट दिने घोषणा गरे।
स्कुलका पूर्वविधार्थी भएकाले रोशनलाई भ्वाइसको ट्रफी जिताउन तीन लाख रुपैयाँको एक लाख भोट दिने बोर्डिङ स्कुल सञ्चालक समिति सदस्य तथा व्यवस्थापक समुन्द्रप्रसाद जोशीले जानकारी दिए।
रोशनलाई जिताउन विभिन्न व्यक्तिहरुले कार्यक्रमस्थलमै स्वस्फूर्त आर्थिक सहयोग गरेका थिए। रोशनलाई रत्नपार्कदेखि -यालीमा सहभागी गराएर कार्यक्रमस्थल बोर्डिङसम्म ल्याईएको थियो। -यालीमा भोट फर रोशन राई नारा गुन्जिएको थियो।
कोच मेलिना रोशनसँगै खोटाङ आउने भनिए पनि धुलिखेल आइपुग्दा विरामी भएर फर्केकी थिईन्। गायक रोशनले सांगीतिक प्रस्तुती दिदै आफूलाई भ्वाइसको उपाधि जिताउन अपिल गरेका छन्।
रोशनको भोली साकेला गाउँपालिका–५ मात्तिम मानेभन्ज्याङ र दिउँसो दिप्रुङ चुईचुम्मा गाउँपालिकाको केन्द्र याङसोलाटारमा सांगीतिक प्रस्तुतीसहितको भोट माग्ने कार्यक्रम छ। पालुवा स्टारको उपमा पाईसकेका दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका रोशनमा अब्बल गायिकीपन छ।
रोशनसँगै टीम उदय सोताङबाट अर्पणा आचार्य, टीम खेम सेन्चुरीबाट प्रोसेस पाण्डे र टीम राजु लामाबाट प्रमेश राई फाइनलिस्ट बनेका छन्। भ्वाइसको ग्राण्ड फिनाले आगामी शुक्रबार हुनेछ। फाइनलिस्टहरुलाई खल्ती एपवाट भोट गर्न सकिन्छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology