• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भ्वाइसमा इन्द्रकला आउट,बाँडिने भोट रोशनलाई

भ्वाइसमा इन्द्रकला आउट,बाँडिने भोट रोशनलाई


समायोजन खबर
  • आइतबार, बैशाख १४ २०८२

  • समायोजन खबर खोटाङ, ‘भ्वाइस अफ नेपाल’को छैटौ सिजन शनिबारको एपीसोड प्रसारणसँगै फाइनलिस्ट टुंगो लागेको छ। टीम मेलिना राईबाट रोशन राई, टीम उदय सोताङबाट अर्पणा आचार्य, टीम खेम सेन्चुरीबाट प्रोसेस पाण्डे, टीम राजु लामाबाट प्रमेश राई फाइनलिस्ट बनेका छन्।

    शनिबारको एपीसोडबाट टीम खेमका प्रतिस्पर्धी इन्द्रकला राई बाहिरिइन् । इन्द्रकला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाकी स्थानीय हुन्।

    शनिबारको एपीसोडमा इन्द्रकलाले कुन्ती मोक्तानको ‘सुनकै भाउ छ सुन्तला भारी’को प्रस्तुती दिएपछि भ्वाइसको ट्रफी खोटाङ लानुपर्ने भन्दै भोट मागिन्। बिडम्बना उनी प्रतिस्पर्धाबाटै बाहिरिइन्।

    शुक्रबारको एपीसोडबाट फाइनलिस्ट बनेका टीम मेलिनाकी प्रतिस्पर्धी रोशन दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका हुन्। पालुवा स्टारको उपमा पाइसकेका रोशनमा अब्बल गायिकीपन छ।

    इन्द्रकला बाहिरिएपछि सामाजिक सञ्जालमा सहानुभूति दिनेहरुले इन्द्रकलालाई जाने भोट निस्फ्रिकी रोशनलाई दिने प्रतिक्रिया दिइरहेका छन्।

    रोशनलाई भ्वाइसको उपाधि जिताउन जिल्लाबासी जुटेका छन् भने विभिन्न संघसंस्थाहरुले भोट गरिरहेका छन्। भोट गरिरहेका छन्।

    माउण्ट एभरेष्ट बोर्डिङ स्कुलले संगीत विधाबाट पुर्ण छात्रवृत्ति पाई अध्ययन गरेका पूर्व विधार्थी रोशनलाई विजेता बनाउन सम्पूर्ण विधार्थी, पूर्वविधार्थी, अभिभावक र शुभचिन्तकलाई भोट गर्न अनुरोध गरेको छ।

    गायक रोशनले पनि सामाजिक सञ्जालबाट आफूलाई भ्वाइसको उपाधि जिताउन अपिल गरेको छ। भ्वाइसको ग्राण्ड फिनाले आगामी शुक्रबार हुनेछ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology