समायोजन खबर खोटाङ, गायक रोशन राई हिमालय टेलिभिजनबाट प्रसारित रियालिटी सो ‘भ्वाइस अफ नेपाल’को टप टेनमा पुगेका छन्। दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका रोशन यो हप्ताको लाइभ राउण्डबाट सार्वाधिक भोट पाएर टप टेनमा प्रवेश गरेका हुन्।
रोशन टिम मेलिना राईबाट टप टेनमा पुगेपछि उनका समर्थक तथा शुभेच्छुकहरुले सामाजिक सञ्जाल फेसबुक, टिकटकबाट भोट गर्न अपिल गरिरहेका छन्। रोशनलाई भ्वाईसको उपाधि जिताउनमा गाउँपालिकाले सहयोग गर्ने दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए।
टप टेनमा पुगेका रोशनलाई आउने शुक्रबारको अन्तिम प्रस्तुतीसम्म खल्ती एपबाट भोट गर्न सकिनेछ।
यस्तै,दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाकी इन्द्रकला राई शुक्रबारको भोटिङबाट सीधै टप आठमा पुगेका छन्। टिम खेम सेञ्चुरीबाट टप आठमा पुगेका इन्द्रकलालाई यो हप्ता भने भोट गर्नुपर्दैन।
यो हप्ता टिम खेमबाट पविन्द्र सुनार र टिम राजु लामाबाट प्रसान्त गुरुङ बाहिरिएका छन्। भ्वाइस अफ नेपाल साप्ताहिक रुपमा शुक्रबार र शनिबार राती ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुने गर्दछ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology