समायोजन खबर खोटाङ,खोटाङमा डढेलोबाट विस्थापित नौ परिवारलाई राहत वितरण गरिएको छ। हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित डिकुवा सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पसेर घर जल्दा विस्थापित भएका परिवारहरुलाई राहत वितरण गरिएको हो।
सोमबार दिउँसो २ बजेतिर वनमा लागेको डढेलो बस्तीमा पस्दा स्थानीय अमद राई, सम्मर बहादुर राई, नगेन्द्र कुमार राई, रन बहादुर राई, पविन्द्र कुमार राई, हिराधन राई, कृष्ण बहादुर राई, चयन कुमार राई र टंक बहादुर राईको घर जलेकोे थियो।
घर जलेर पीडित बनेका आठ जनालाई जिल्ला विपद् व्यवस्थापन कोषबाट सोही दिन राती जनही १५ हजार नगदसहित त्रिपाल र कम्बल एक–एक थान तथा अर्का पीडित टंक बहादुरलाई नगद सकिएकाले बैंक खातामा पठाउने सहमतिमा त्रिपाल र कम्बल एक–एक थान वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवंम् प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले बताउनुभयो।
राहत वितरण गर्न जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवंम् प्रमुख जिल्ला अधिकारी घिमिरे र सहायक प्रमुख जिल्ला अधिकारी सागर शाह घट्नास्थल पुग्नुभएको थियो।
वनमा लागेको डढेलोेलाई स्थानीय, हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले राती ८ वजेपछि पूर्णरुपमा नियन्त्रणमा लिएको थियो। आगलागीबाट ११ घरमा क्षति पुगेको भए पनि हालसम्म यक्किन विवरण आई नसकेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology