• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङका सबै स्थानीय तहले विपद्जन्य सूचना प्रकाशन प्रसारण गर्नुपर्ने

खोटाङका सबै स्थानीय तहले विपद्जन्य सूचना प्रकाशन प्रसारण गर्नुपर्ने


समायोजन खबर
  • सोमबार, चैत्र ३ २०८१

  • जिल्ला विपद् व्यवस्थापन समितिको वैठकमा सहभागीहरु।

    समायोजन खबर खोटाङ, खोटाङका सबै स्थानीय तहहरुले विपद्सँग सम्बन्धी जनचेतनामूलक सूचना प्रकाशन तथा प्रसारण गर्नुपर्ने भएको छ।

    सुख्खा र हावाहुरीको मौसम सुरु भएसँगै आगलागीजन्य विपद्लाई न्युनिकरण तथा रोकथाम गर्ने ढाँचाको सूचना स्थानीय सञ्चार माध्यमबाट प्रकाशन तथा प्रसारण गर्नुपर्ने भएको हो।

    चैत १ गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको वैठकले दुई नगरपालिका र आठ गाउँपालिकाले विपद्सँग सम्बन्धी जनचेतनामूलक जानकारीको सूचना, जिङगल तयार गरी स्थानीय सञ्चार माध्यमको समन्वयमा प्रकाशित गर्ने गराउनुपर्ने निर्णय गरेको छ।

    वैठकले विधुत सम्बन्धी सचेतनामूलक जानकारीको अडियो तथा भिडियो तयार गरी जिल्लाका सञ्चार माध्यमबाट प्रसारण गर्न गराउन विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रलाई निर्देशन दिएको छ।

    जिल्लास्थित सबै स्थानीय तह र रेडक्रसले आफ्नो मातहत रहेका विपद् नियन्त्रण र प्रतिकार्य गर्नका लागि आवश्यक पर्ने सामाग्रीहरुको व्यवस्थापन गरी सामग्री मौज्दातको विवरण जिल्ला विपद् व्यवस्थापन समितिलाई १५ दिनभित्र उपलब्ध गराउन भनिएको जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवंम् प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले बताए।

    घिमिरेका अनुसार आगलागीजन्य विपद् सुरु भएकाले सबै स्थानीय तह र विषयगत कार्यालयहरुले मनसुनजन्य पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गरी विपद्को समयमा लागू गर्नुपर्नेछ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology