• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पत्रकार भट्टराई र अछामे पुरस्कृत

पत्रकार भट्टराई र अछामे पुरस्कृत


समायोजन खबर
  • शनिबार, फाल्गुन २४ २०८१

  • पुरस्कार ग्रहण गर्दै पत्रकार राजकुमार भट्टराई(दाँया)र सविना अछामे।

    समायोजन खबर खोटाङ, खोटाङमा क्रियाशिल पत्रकार राजकुमार भट्टराई र सविना अछामे पुरस्कृत भएका छन्।

    ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा हलेसी तुवाचुङ नगरपालिकाले शनिबार महादेवस्थानस्थित हलेसी मन्दिर प्राङगणमा भट्टराई र अछामेलाई पुरस्कृत गरेका हुन्।

    पत्रकारिताको माध्यमबाट नगरपालिकाको समग्र विकासमा पु¥याएको योगदानको उच्च कदर गर्दै पत्रकारद्धयलाई जनही नगद २५ हजारसहित पुरस्कृत गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले बताए।

    भट्टराई र अछामेलाई पूर्व अर्थमन्त्री एवंम् प्रतिनिधिसभा सदस्य डाक्टर प्रकाशसरण महतले पुरस्कार वितरण गरेका हुन्।

    रावाबेशी गाउँपालिका–५ हौचुरका भट्टराई पत्रकार महासंघ जिल्ला शाखाका सचिव हुन् भने, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका अछामे पत्रकार महासंघ जिल्ला शाखाका महिला उपाध्यक्ष हुन्।
    यस्तै, कार्यक्रमको अवसरमा सल्लेकी महिला उद्यमी हिरा श्रेष्ठ र अर्खौलेकी कविता राईलाई पनि जनही २५ हजारसहित सम्मान गरिएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology