समायोजन खबर खोटाङ,खोटाङमा ग्याल्पो ल्होसार विशेष कार्यक्रम मनाईएको छ। नेपाल विधार्थी संघ जिल्ला कार्य समिति खोटाङको आयोजनामा सोमबार दिक्तेलको सोल्मास्थित शुभद्रा मदन फाउण्डेसनमा २१५२ औं सिङ मो डुल लो ल्होसारको अवसरमा विशेष कार्यक्रम मनाईएको हो।
कार्यक्रममा शेर्पा समुदायको एकवटा श्याब्रु नाच प्रदर्शनी र गायन प्रस्तुत गरिएको संघकी सचिव याङडी शेर्पाले जानकारी दिईन्।
संघका अध्यक्ष आङनीमा शेर्पाको सभापतित्वमा भएको उक्त ल्होसार विशेष कार्यक्रममा संघका केन्द्रीय सह–अध्यक्ष फुर्वा छिरीङ शेर्पा, केन्द्रीय सदस्य छेम्जी शेर्पा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विसन राई, विधार्थी संघ जिल्ला कार्य समिति धनकुटाका अध्यक्ष आङ सुन्दर शेर्पा, सोल्माका वडाध्यक्ष ध्रुवविक्रम राई, जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक पदम राई लगायत शेर्पा समुदायका विधार्थीहरुको उपस्थिति थियो।
कार्यक्रमका अतिथिहरुले शेर्पा समुदायको संस्कार, संस्कृति जगेर्ना र प्रवद्र्धन गर्नुपर्ने बताए। संघको कार्य समिति गठन भए पश्चात जिल्लामा पहिलो पटक ल्होसार विशेष कार्यक्रम गरिएको हो।
२०८० फाल्गुन ११ गते मुन्दुम रिसोर्ट मुडेमा कार्यक्रमको आयोजना गरी जिल्ला कमिटी गठन गरिएको थियो। शेर्पा समुदायले प्रत्येक वर्ष फागुन महिनामा ग्याल्पो ल्होसार मनाउने गर्छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology