• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

फागुनमा जिल्ला स्तरीय चित्रकला प्रतियोगिता

फागुनमा जिल्ला स्तरीय चित्रकला प्रतियोगिता


समायोजन खबर
  • आइतबार, माघ २७ २०८१

  • रत्नपार्कमा लाईभ चित्र बनाउँदै विदेशी चित्रकार।फाइल तस्विर।

    समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जिल्ला स्तरीय चित्रकला प्रतियोगिता गराउने भएको छ।

    “नगर प्रमुखसँग विधार्थी कार्यक्रम” अन्तर्गत सामुदायिक र संस्थागत विद्यालयमा कक्षा १ देखि कक्षा १२ सम्म अध्ययन गर्ने विधार्थीहरुलाई लक्षित गर्दै चित्रकला प्रतियोगिता गराउने भएको हो।

    २१ फागुनमा दिक्तेलमा हुने चित्रकला प्रतियोगितामा प्रथम हुनेले १५ हजार, दोश्रो हुनेले १० हजार, तेश्रो हुनेले ५ हजार र सान्त्वना हुने तीनजनालाई जनही २ हजारसहित ट्रफि र प्रमाणपत्र वितरण गरिनेछ।

    चित्र मौलिक संस्कृति झल्कने, रेडपाण्डा र थारको महत्व भावमा प्रकट हुने, पर्यावरण, मौसम परिवर्तनको कारण र असर सम्बन्धी दृष्टी झल्कने हुनुपर्ने नगरपालिकाले जनाएको छ।

    चित्रकलाको महत्वलाई उजागर गर्दै राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उपस्थिति देखाउन नगरपालिकाले गत वर्ष “मुन्दुम अन्तराष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी” गरेको थियो

    उक्त कार्यशालामा राष्ट्रिय/अन्तर्राष्ट्रिय चित्रकारहरुले नगरपालिकाको विकास, संस्कार, संस्कृति, मौलिक परम्परा झल्काउने गरी कोरेका  दुई सय बढी चित्रहरु दिक्तेलस्थित रत्नपार्कको सपीङ कम्प्लेक्समा “मुन्दुम अन्तर्राष्ट्रिय कला संग्राहलय” निर्माण गरेर प्रदर्शनीमा राखिएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology