• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पर्यटकको मन लोभ्याउँदै हसिना सिमसार

पर्यटकको मन लोभ्याउँदै हसिना सिमसार


समायोजन खबर
  • बिहिबार, माघ १३ २०७३

  • पथरी (मोरङ), माघ १२ गते । उत्तरी मोरङको सुन्दर दुलारी नगरपालिका–५ स्थित हसिना सिमसार क्षेत्र पछिल्लो पटक धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास भइरहेको छ ।

    मोरङको सुन्दरदुलारीस्थित महेन्द्र राजमार्गमा पर्ने बाँसबारी चोकबाट करिब पाँच किलोमिटर उत्तर लागेपछि सो स्थानमा पुग्न सकिन्छ । सो सिमसार क्षेत्र करिब ७५ बिघा क्षेत्रफलमा फैलिएको छ । बहुसङ्ख्यक देवीदेवताका मन्दिर, विभिन्न प्रजातिका वनस्पति, जीवजन्तु, र पशुपन्छीको बासस्थानसमेत रहेको सो क्षेत्र पर्यटकीय क्षेत्र मात्र नभै वनभोज, अध्ययन–अनुसन्धान र अवलोकनका लागिसमेत उत्तिकै उपयोगी रहेको छ ।

    सो क्षेत्रमा नेपाल पर्यटन बोर्ड र जिविस मोरङले पनि बजेट उपलब्ध गराएपछि हालसम्म एउटा कलात्मक पानी ट्याङ्की, शान्तिका अग्रदूत बुद्धको जन्मेदेखि मृत्यु सम्मका विभिन्न अवस्था समेटिएको पूर्वाञ्चलकै ठूलो बुद्धको प्रतिमा र सो क्षेत्रको पोखरीमा डुङ्गा सञ्चालन गर्ने तयारी समेत भइरहेको हसिना सिमसार क्षेत्रका पूर्वअध्यक्ष घनश्याम न्यौपानेले जानकारी दिनुभयो ।

    आकर्षक प्रवेशद्वार, विभिन्न कलात्मक शान्तिको प्रतीक परेवाको प्रतिमा, विश्व मानचित्रको प्रतिमा, बुद्धको प्रतिमा, नागपोखरीमा नागको प्रतिमालगायत निर्माण भइसकेकाले त्यहाँ पुग्ने जो कोहीको पनि मन लोभ्याउने पूर्वअध्यक्ष न्यौपानेको भनाइ छ ।

    जिविस, पर्यटन बोर्ड, सुन्दरदुलारी नगरपालिका, स्थानीयवासी लगायतको सहयोगमा सो क्षेत्र यतिखेर एक अनुपम पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको संरक्षण समितिका सदस्य मिलन राईले जानकारी दिनुभयो ।

    सुनसरीबाट सो क्षेत्र घुम्नका लागि आउनुभएका सुभाष कोइरालाले केही वर्ष अघिको तुलनामा अहिले हसिना सिमसार क्षेत्र निकै व्यवस्थित बनेको र आगामी दिनमा पनि राज्यले थप लगानी गरी सो पर्यटकीय क्षेत्रको विकासमा सहयोगलाइ निरन्तरता दिनुपर्ने बताउनुभयो । रासस

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology