• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

‘दशै तिहार चेलीलाई उपहार’अभियानलाई एकलाख बढी सहयोग

‘दशै तिहार चेलीलाई उपहार’अभियानलाई एकलाख बढी सहयोग


समायोजन खबर
  • सोमबार, कार्तिक २६ २०८१

  • समायोजन खबर खोटाङ, आर्थिक अभाव भएका र सवारीसाधन नभएका चेलीहरुलाई तिहारको अवसरमा सञ्चालन गरिएको निशुल्क मोटरसाईकल अभियानलाई एक लाख बढी सहयोग जुटेको छ।

    युवा सन्जय कुमार राईको नेतृत्वमा जिल्लाका युवाहरुले कात्र्तिक १६ गतेदेखि १९ गतेसम्म सञ्चालन गरेको ‘दशै तिहार चेलीलाई उपहार’ अन्तर्गत मोटरसाईकलदेखि चेलीलाई घरदेखि माईतीघर र माईतीबाट घरसम्म निशुल्क ल्याईदिने अभियानलाई १६ जनाबाट एक लाख १६ हजार ३० रुपैयाँ सहयोग जुटेको हो।

    अभियानलाई स्वस्फूर्त रुपमा बिमला राईले ८ हजार ३००, आशिष थापाले २ हजार, राजकुमार बस्नेतले ५ हजार ५००, किसान राईले २ हजार ५००, दीपक श्रेष्ठले ५ हजार, मिना कार्कीले १४ हजार, पदम राना मगरले ५ हजार, सुभाष तिलुङ राईले १० हजार ६५ रुपैयाँ, पत्रकार हरिबोल आचार्यले ५ हजार, विणा राईले ५ हजार, भोजपुरका देवान छाम्लुङले १६ हजार ६६५, लोकेन्द्र राजभण्डारीले १० हजार, सन्जय खत्रीले २ हजार, नरेश कटुवालले ५ हजार, छत्र श्रेष्ठले १० हजार र भलकाजी पुरीले १० हजार गरी १ लाख १६ हजार ३० रुपैयाँ सहयोग गर्नुभएको सोमबार दिक्तेलस्थित शुभम खाजाघरमा सार्वजनिक सुनुवाई गरेर जानकारी दिईएको छ।

    जुटेको रकममध्ये ५७५ लिटर इन्धन खरीदमा ९४ हजार ८७५ रुपैयाँ, मागेको चारवटा मोटरसाकइल मर्मतमा ११ हजार खर्च भएको र बाँकी १० हजार १५५ रुपैयाँ रहेको अभियन्ता सन्जय कुमार राईले बताउनुभयो। उक्त बाँकी पैसा विरामीलाई सहयोग गर्ने तयारी गरिएको छ।

    अभियानको बाईक राईडरमा नानीराम शाही, मोतिचन्द्र राई, पवन राई, सन्जयकुमार राई, मोहन राई, सोनामहाङ राई, सुमन राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष दानबहादुर राई, अबिन्द्र थुलुङ, शिक्षक र्किर्तिमान राई, योगेश पुरी, प्रकाश विश्वकर्मा, मिलन कसजु, आशिष थापा, दुर्वाशा गेलाल, सुन्दर भुजेल, शिक्षक गोपाल श्रेष्ठ, कविराज रिजाल, सुर्यचन्द्र राई, प्रतिक आचार्य, डेफोसेन राई, सुदीप आचार्य, सुरेश राई, रोमन श्रेष्ठ, सन्तोष राई, भुपेन्द्र राई हुनुहुन्थ्यो। चारपाङग्रे बोलेरो सुर्य बहादुर राई, रोशन राई र मौसम कार्कीले हाँक्नुभएको थियो।

    अभियानले तिहारमा ३४५ जना चेलीलाई बाईकमा घरदेखि माईतीघरसम्म र माईतीबाट घरसम्म ल्याईदिईएको थियो। अभियानको अन्तिम दिन कृषिविज्ञ मदन राईद्धारा सञ्चालित शुभम फाउण्डेसनको दुईवटा बोलेरो समेत निशुल्क प्रयोग गरिएकोे थियो।

    बाईक राईडरहरुलाई शुभम क्याफेले निशुल्क खाना तथा खाजाको व्यवस्थापन गरिदिएको थियो। अभियानले महिला बोलेरो चालक मौसम कार्की, कान्छो राईडर सर्यचन्द्र राई, लामो दूरीको राईडरमा अबिन्द्र थुलुङ, शिक्षक राईडरमा र्किर्तिमान राई, अनुशासित राईडरमा प्रकाश विश्वकर्मालाई दोसल्ला ओढाएर सम्मान गरेको छ।

    जनप्रतिनिधि राईडरमा दान बहादुर राई र अभिभावक राईडरमा सुर्य बहादु राईलाई सम्मान गर्ने भनिए पनि उहाँहरु काम विशेषले उपस्थित हुन नसकेको अभियन्ता राईले बताउनुभयो ।यहि अभियानले दशैमा ७० जनालाई बाईक सेवा दिईएको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology