समायोजन खबर खोटाङ, खोटाङमा सिकार खेल्न गएका केपिलासगढी गाउँपालिका–१ फेदी पिपिङका ५८ वर्षीय जगत प्रसाद राईको मृत्यु भएको छ।
कार्तिक २१ गते साँझ ७ बजे फेदीको हात्तीढुंगे जंगलमा सिकार खेल्न गएका राईको मृत्यु भएको हो।
भरुवा बन्दुक पड्केको आवाज उनका आफन्तहरुले सुनेपछि जंगलमा गई हेर्दा जगतप्रसाद घट्नास्थलमै उतानो परेको र छातिबाट रगत बगी मृत अवस्थामा फेला परेको थियो।
प्रहरी चौकी खार्ताम्छाबाट खटेको प्रहरी टोलीले घट्नास्थल सुरक्षित राखेको छ। घट्नाको थप अनुसन्धान तथा कानूनी प्रक्रियाका लागि बिहीबार(आज)बिहान जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सञ्जु कार्कीको कमाण्डमा प्रहरी टोली घट्नास्थलतर्फ खटेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology