समायोजन खबर खोटाङ, राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा खोटाङको अध्यक्षमा सविना परियार सर्वसहमत दोहोरिएकी छन्। जिल्ला समन्वय समितिको सभाहलमा मंगलबार सम्पन्न संघको दोश्रो अधिवेशनबाट परियार दोहोरिएकी हुन्।
अधिवेशनले परियारको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा लेख रम्तेल, सचिवमा विष्णु उपरकोटी, सह–सचिव ज्ञानेन्द्र विश्वकर्मा, कोषाध्यक्षमा सन्तोष विक रहेका छन्।
अधिवेशनको राष्ट्रिय दलित पत्रकार संघ कोशी प्रदेश कार्य समितिका उपाध्यक्ष गंगा विश्वकर्माले उद्घाटन गरेका थिए। अधिवेशनमा पत्रकार राजन ठटाल र कृष्णकला राई (सुनिता)लाई नगदसहित सम्मान गरिएको थियो।
पत्रकारिताको माध्यमबाट समाज परिवर्तन र दलित समुदायको प्रतिनिधित्व गर्दै दलित शसक्तिकरणको क्षेत्रमा कलम चलाएर समतामूलक समाज निर्माणका लागि महत्वपूर्ण योगदान पु¥याएकाले पत्रकार ठटाल र पत्रकार राईलाई जनही दुई हजार पाँच सयसहित सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको संघका जिल्ला अध्यक्ष परियारले बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology