समायोजन खबर खोटाङ, पैसा नभएको चेक दिने ठेकेदार पक्राउ परेका छन्। धनुषा सबैला नगरपालिका–७ सबैला बस्ने सतेन्द्र नायक पक्राउ परेका हुन्।
सतेन्द्रले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका नवराज रिजालको नाममा तीन लाख बराबरको चेक काटिदिएका थिए।
तर, बैंकमा भुक्तानी लिन जाँदा खातामा पर्याप्त पैसा नभएपछि रिजालले चेक बाउन्स गरेर बैकिङ कसुरमा मुद्दा दर्ता गरेपछि भदौ १४ गते मध्यान्ह १२ः३० बजे सतेन्द्रलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए।
सतेन्द्र धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२जनकपुरस्थित आफ्नै कन्ट्रक्सनको कार्यालयबाट पक्राउ परेका हुन्। पक्राउ परेका सतेन्द्रलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर थप अनुसन्धान भईरहेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology