समायोजन खबर खोटाङ, खोटाङमा झाडापखालाबाट बालकको ज्यान गएको छ । झाडापखालाबाट दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका ४ वर्षीय दिपसन भुजेलको ज्यान गएको हो।
झाडापखालाबाट ग्रसित भुजेलको जिल्ला अस्पताल दिक्तेलमा आईतबार अपरान्ह ४ :३० बजे उपचारको क्रममा ज्यान गएको जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.रुपेश संग्रौलाले बताए। ३ः४६ बजे अस्पताल ल्याईएको बच्चाको ढुकढुकी गईसकेको र आँखाको नानी फुलिसकेको अवस्था थियो।
बालकलाई अस्पतालमा ल्याउदा मुटुको धड्कन नभएको र छाती थिचेर गरिने अन्तिम(सीपीआर) प्रविधिबाट उपचार गर्दा डेढ मिनेट बच्चाको ढुकढुकी आएको र फेरी ढुकढुकी गएपछि बच्चालाई फर्काउन नसकिएको डा.संग्रौलाले बताए।
घरमा हुँदा बच्चालाई धेरै पटक झाडापखाला भएको आमाले बताएको डा.संग्रौलाले बताए।
बच्चा आउँदा लगभग अन्तिम अवस्थामा आएको थियो। हामीले मुखबाट पाइप हालेर, सीपीआर दिएर बच्चालाई रिभाईब गर्न प्रयास ग¥र्यौ। एक, डेढ घण्टा नै लाग्यो सबैजना जुट्दा पनि तर, बच्चालाई बचाउन सकिएन। डा.संग्रौलाले भने।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology