चिसाङ शेर्पा कार्तिक÷२० खोटाङ,
खोटाङकी नव गायिका रश्मी चाम्लिङ राईको दोस्रो गित बजारमा आएको छ । ‘एक, दुई तिन भन्दै मायाको गन्ती शुरु भो’ वोलको आधुनिक पप डोइट गित युट्युवमार्फत बजारमा आएको हो । जन्तेढुंङा गाउँपालिका डम्र्बखुशिवालय–४ निवासी २६ वर्षिय राईको ‘झ्यानकुटी झ्याई’ कभर गितपछि एक, दुई तिन.. गित सार्वजनिक भएको हो ।
शंकर अधिकारी घायलको रचना तथा पुष्कर सुनुवारको संगीत रहेको गितमा राईलाई संगीत संयोजक पुष्कर सुनुवारले साथ दिएका छन् । वाल्यकालदेखी नेपाली गितसंगीतमा रुचि राख्ने राई जन्तेढुंङा गाउँपालिकास्थित चिसापानी उच्च माध्यमिक विद्धालयमा प्रविणता प्रमाणपत्र तहमा अध्ययनरत छिन् ।
काठमाण्डौ कोटेश्वरस्थित डाईनेमिक एकेडेमीमा साढे २ वर्ष संगीत कक्षा लिएकी उनीलाई भविष्यमा असल गायिका बन्ने रहर छ । केही समयमा नै २÷३ वटा गितहरु तयार भएको र चाँडै स्वरवद्ध गरी वजारमा ल्याउने तयारी भएको नव गायिका राईले बताईन । १५ दिनअघि युट्युवमार्फत रिलिज भएको ‘एक, दुई तिन भन्दै मायाको गन्ती शुरु भो’ गित यो समाचार तयार पार्दासम्म ५ हजार १ सय ५४ भ्र्युस संख्या पुगेको छ ।
हेर्नुहोस भिडियो
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology