• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेलमा फोटोग्राफी र भिडियोग्राफी तालिम

दिक्तेलमा फोटोग्राफी र भिडियोग्राफी तालिम


समायोजन खबर
  • आइतबार, जेष्ठ ६ २०८१

  • समायोजन खबर खोटाङ, खोटाङको दिक्तेलबजारमा पत्रकार र फोटो स्टुडियो व्यवसायीका लागि फोटोग्राफी र भिडियोग्राफी तालिम सुरु भएको छ।

    घरेलु तथा सानो उद्योग खोटाङको एक लाख ५० हजार आर्थिक सहयोग, एभरेष्ट फिल्म एकेडेमी काठमाण्डौको प्राविधिक सहयोगमा हिमालयन आइटी इन्स्टिच्युट दिक्तेलले १० दिने तालिम सुरु गराएको हो।

    तालिम इन्स्टिच्युटको कार्यालय सल्लेरी टोल दिक्तेलमा ५ जेष्ठदेखि सुरु भएको छ। तालिममा जिल्लामा क्रियाशिल पत्रकार, फोटो स्टुडियो व्यवसायी र केही विधार्थीहरु गरी ५० जना सहभागी छन्।
    तालिमको सहजीकरण एभरेष्ट फिल्म एकेडेमीका सिनियर विधार्थीद्धय विकास सिटौला र सौगन्ध डंगोलले गरिरहेका छन्। पत्रकार र स्टुडियो व्यवसायीलाई फोटोग्राफी र भिडियोग्राफी अझ अब्बल बनाउन, युवालाई यहि सीप सिकाएर रोजगारीमा जोड्न तालिमको आयोजना गरिएको हिमालयन आइटी इन्स्टिच्युटका प्रमुख अजय बस्नेतले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology