समायोजन खबर खोटाङ, खोटाङ यातायात प्रालि खोटाङको अध्यक्षमा टेकेन्द्र राई सर्वसहमत दोहोरिएका छन्। शुक्रबार दिक्तेलस्थित समिक्षालय हलमा सम्पन्न प्रालिको दशौं साधारणसभा तथा छैठौं जिल्ला अधिवेशनबाट राई पुनः तीनवर्षलाई दोहोरिएका हुन्।
राईको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति गठन भएको छ। प्रालिको वरिष्ठ उपाध्यक्ष फडिण्द्र राई, उपाध्यक्षमा मिलन विक र कान्छा कार्की चुनिएका छन्।
महासचिवमा राम कुमार हिङमाङ, कोषाध्यक्षमा गोविन्द कटवाल, सदस्यहरुमा सन्तोषी राई, अर्जुन कुमार राई, विजय राई, गिर्भाण श्रेष्ठ, सुनिल नेपाली, बम बहादुर दर्जी र एकराज पोखरेल सर्वसहमत चुनिएका छन्।
प्रालिले साधारणसभा तथा अधिवेशनमा असल चालचलन भएका चालकद्धय विज्ञान भुजेल र कृष्ण बहादुर तामाङ(जीवन)लाई जनही नगद पाँच हजारसहित दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरेको छ।
तत्कालिन खोटाङ यातायात व्यावसायी संघका संस्थापक अध्यक्ष उपिन कुमार राई, सचिव बुद्धि विनोद लुईटेल, जग्गादाता विष्णुुकुमार श्रेष्ठ(स्याण्डे) र जिल्लामा बस भित्र्याउन अतुलनीय सहयोग गर्नुहुने काठमाण्डौ महानगरपालिका–३२ काठमाण्डौका जीतबहादुर भारतीलाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरिएको प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिनुभयो।
यस्तै,पत्रकारिता क्षेत्रबाट यातायातलाई पु¥याएको योगदानको उच्च मुल्याङ गर्दै पत्रकार चिसाङ शेर्पा र सविना अछामेलाई जनही पाँच हजारसहित दोसल्ला ओढाइ सम्मान पत्र प्रदान गरिएको छ।
उनीहरुलाई नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वार, वरिष्ठ उपाध्यक्ष पुन्यप्रसाद सिटौला(सरोज), जिल्ला समन्वय समिति उपप्रमुख सुरेश तामाङ र खोटाङ यातायात प्रालिका अध्यक्ष टेकेन्द्र राईले सम्मान गरेका थिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology