• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेल रुपाकोट मझुवागढीमा कृषि उपज र पशुपालनको विवरण संकलन गरिने

दिक्तेल रुपाकोट मझुवागढीमा कृषि उपज र पशुपालनको विवरण संकलन गरिने


समायोजन खबर
  • सोमबार, बैशाख २४ २०८१

  • अन्तरक्रियामा सहभागीहरु।

    समायोजन खबर खोटाङ,  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कृषि उपज र पशुपालनको विवरण संकलन गरिने भएको छ।

    नगरभित्रका असली कृषक, पशुपालन, कृषि, कृषि गरेरै पनि खान नपुग्ने अवस्था भएका र कृषकहरुले उत्पादन गरेका उपजहरु बजारसम्म आए/नआएको यक्किन गर्न विवरण संकलन गरिने भएको हो।

    खोटाङ उद्योग वाणिज्य संघको आयोजना र नगरपालिकाको सहकार्यमा नगरभित्रका १५ वडाका कृषकहरुको विवरण संकलन गरिने सोमबार वाणिज्य संघको कार्यालयमा अन्तरक्रिया कार्यक्रम गरेर जानकारी दिईएको छ।
    वाणिज्य संघका अध्यक्ष राजन प्रसाद आचार्यको अध्यक्षतामा भएको अन्तरक्रियामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, विभिन्न वडाका वडाध्यक्ष, नगरको योजना शाखा र कृषि शाखाका कर्मचारी, कृषि ज्ञान केन्द्रका कर्मचारी, वाणिज्य संघका पदाधिकारीहरु सहभागी थिए।

    विवरण संकलनका लागि नगरपालिकाले दश लाख र वाणिज्य संघले दुई लाख बजेट छुट्याएको छ। विवरण संकलन गर्न वाणिज्य संघले नौ जना गणक नियुक्ति गरिसकेको छ। उनै गणकले प्रत्येक वडाका कृषकको घर–घरमा पुगेर ५३ वटा प्रश्नावली बिधिमार्फत महिना दिनभित्र विवरण संकलन गर्नेछ। गणकहरु हप्ता दिनमा फिल्डमा पुग्ने वाणिज्य संघका महासचिव अजय बस्नेतले जानकारी दिएका छन्।

    ‘हाललाई कृषकहरुको यथार्थ विवरण संकलन गर्छौ। विवरण संकलन गरेर नगरपालिकामा के–के छ भनेर उद्योग वाणिज्य महासंघसँग कार्यक्रम माग्छौ। उत्पादित कृषि उपजले बजार नपाएको भए व्यवसायीहरुसँग सहकार्य गरेर काठमाण्डौ, विराटनगर पठाउँछौ।’ अध्यक्ष आचार्यले भने। “यहि किसिमको कार्यक्रम अन्य नौ वटा पालिकामा पनि गर्ने योजना छ।”


    संकलित प्राप्त विवरण, निष्कर्ष एवंम् सुझावहरु दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, उद्योग वाणिज्य संघ तथा अन्य सरोकारवाला निकायहरुले कृषि तथा पशुपालन सम्बन्धी भावी योजना निर्माणमा सहयोग पुग्ने जनाईएको छ।

    अन्तरक्रियामा दिक्तेलका वडाध्यक्ष नवराज राई र मेयर भट्टराईले धारणा राखेका थिए। वडाध्यक्ष राईले अधिकांश कार्यक्रम कागजमा सिमित हुनाले वास्तविक कृषक मारमा परिरहेको बताउँदै कृषिको नाममा विवरण संकलन कार्य त्यति सजिलो नभएको बताए। मेयर भट्टराईले सबैजना आ–आफ्नो ठाउँबाट सच्चिएर अघि बढ्नुपर्ने बताएका छन् । विवरण संकलनले नगरभित्रका असली कृषकहरुको पहिचान हुने उनको भनाई छ।

    https://www.facebook.com/samayojankhabar/videos/1422376791796792

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology