समायोजन खबर खोटाङ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङले पत्रकारितामा क्रियाशिल दुईजना पत्रकारलाई पुरस्कृत गरेको छ।
महासंघको सातौं जिल्ला अधिवेशन तथा ११ औं साधारण सभाको अवसरमा शनिवार दिक्तेलस्थित समिक्षालय हलमा पत्रकार राजकुमार भट्टराई र सविना परियारलाई विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो।
भट्टराई र परियारले पत्रकारिताको माध्यमबाट आम जनतालाई सुसूचित गर्दै जिल्लामै रहेर समाज रुपान्तरणका लागि पु-याएको योगदानको उच्च मुल्याङकन गर्दै जनही पाँच/पाँच हजारसहित सम्मान प्रदान गरेर पुरस्कृत गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङका अध्यक्ष दिलिप खत्रीले बताए।
पत्रकारद्धयलाई कोशी प्रदेशसभा सदस्य भुपेन्द्र राई र जिल्ला समन्वय समिति खोटाङका प्रमुख सन बहादुर राईले पुरस्कार प्रदान गरेका छन्। पत्रकार भट्टराई रुपाकोट खबर डटकम अनलाइनका सञ्चालक तथा गोरखापत्र दैनिकका जिल्ला संवाददाता हुन्। परियार नमस्ते खोटाङ अनलाईनका संवाददाता हुन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology