• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अझै वजारमै पार्किङ, नगरपालिका मौन, सर्वसाधरणलाई सकस

अझै वजारमै पार्किङ, नगरपालिका मौन, सर्वसाधरणलाई सकस

दुर्घट्ना हुने सम्भावना


चिसाङ शेर्पा
  • बुधबार, कार्तिक १५ २०७४

  •  

    चिसाङ शेर्पा कार्तिक÷१५ खोटाङ,

    वजारमा वसपार्क बनाईदा पैदल यात्रु तथा सर्वसाधरणलाई शास्ती भएको छ । खोटाङको सदरमुकाम दिक्तेलको सोल्मा र आचार्य टोलमा रहेको वसपार्कमा गाडीहरु पार्किङ नगरी मध्य बजारका दायाँवायाँमा यातायात व्यवसायीले साना तथा ठूला सवारी साधनहरु पार्किङ गरिंदा मौसम सुख्खासंगै अत्याधिक धुलो उड्ने, ध्वनी प्रदुषण तथा वजारका साना सडकमा दुर्घट्ना हुने सम्भावना वढेको छ ।

    “वस तथा जिप पार्किङ गरेर राख्दा वस, जीप व्यवसायीको होटलवाला संगको साँठगाँठमा नगरपालिका मौन रहेकोे आँकलन गर्न सकिन्छ ।”

    वर्षायामका समय रत्नपार्क – अल्छेढुंगाको वाटोमा गाडी फस्ने र वसपार्कसम्म जान नसक्दा अस्थाई रुपमा दिक्तेल वजारको वेशक्याम्पमा पार्किङ गर्न थालिएको लामो समय वितिसक्दा पनि व्यवसायी तथा सम्बन्धीत पक्षले वसहरु तोकिएको स्थानमा नलैजाँदा विविध कोणमा वजारमा समस्या भईरहेको छ । फोहोरको मात्र वढ्ने गरेको पाईएको छ ।

     

    वजारका साना सडक तथा अत्याधिक मानिसहरु आवातजावत गर्ने स्थानमा जताततै वस तथा जीप पार्किङ गरेर वजारलाई अव्यवस्थित बनाउँदा रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालयले अहिलेसम्म कुनै आवाज उठाएको छैन । कतीपय स्थानमा होटल वरीपरी नै वस तथा जिप पार्किङ गरेर राख्दा वस, जीप व्यवसायीको होटलवाला संगको साँठगाँठमा नगरपालिका मौन रहेकोे आँकलन गर्न सकिन्छ ।

     

    मंसिर पहिलो सातायता खोटाङ र ओखलढुंगाको सिमाना दुधकोशीको पुल सञ्चालन हुने भएकाले तराई तथा काठमाण्डौवाट सवारी साधनको चाप थपिने देखिन्छ । वाटो सुकेपछि दिक्तेल वजारमा मोटरसाईकलको चाप वढ्न थालेपछि अव्यवस्थित सवारी साधन पार्किङले पैदल यात्रुलाई आवातजावतमा सकस भएको छ ।

    यता, नगपालिकाको कार्यालयले भने, यस विषयमा कुनै प्रक्रिया थालेको छैन् । कहिलेवाट वस तथा जीपहरु पुरानो वसपार्कमा पार्किङका लागि पठाउँने कुराको ठोस निर्णय नै निकाल्न सकेका छैनन् । सहरी विकास मन्त्रालय उदयपुरवाट आचार्य टोल वसपार्कका लागि २० लाख रकम छुटिएको मात्रै थाहा भएको नगरपालिका कार्यकारी अधिकृत खिलराज राईले बताए । सोल्मा वसपार्क स्थानीय गौरवका निति तथा कार्यक्रममा समेटिएको राईको भनाई छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology