• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसी महादेव मन्दिर व्यवस्थापन समितिले ७ वर्षपछि पूर्णता पायो

हलेसी महादेव मन्दिर व्यवस्थापन समितिले ७ वर्षपछि पूर्णता पायो


समायोजन खबर
  • बुधबार, फाल्गुन १६ २०८०

  • हलेसी महादेव मन्दिर व्यवस्थापन समिति पदाधिकारी र हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई, उपमेयर रमेशकुमार राउत लगायत।

    समायोजन खबर खोटाङ,हलेसी महादेव मन्दिर व्यवस्थापन समितिले सात वर्षपछि पूर्णता पाएको छ। सातवर्ष अघि नै समयावधि सकेपछि बनाईएको समिति एकलौटी भएको भन्दै विवाद भएर त्यतिकै बसेको समितिलाई हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईको पहलमा पूर्णता दिईएको हो।
    हलेसी महादेव मन्दिर व्यवस्थापन समितिका तत्कालिन अध्यक्ष गजुरमान राईको नेतृत्वको समय अवधि सकेपछि समिति बनाउन गुठी संस्थानले नगरपालिकालाई समिति सिफारिश गर्न भनि चिठी लेखेको थियो।

    तत्कालिन मेयर इवन राई र उपमेयर बिमला राई नेतृत्वको नगरपालिकाले हर्कराज राईको अध्यक्षतामा समिति सिफारिस गरेपछि एकलौटी भएको भन्दै विवाद भएर समितिको कार्यालयमा उल्टै ताला लागेको थियो। लागेको ताला साँढे ५ वर्षपछि २०७९ साउन १ गते तत्कालिन उपमेयर हालका मेयर बिमला राईकै पहलमा खोल्ने सहमति भएको थियो।
    त्यसपछि गुठी संस्थान, नगरपालिका र स्थानीय व्यक्तिहरुबीच छलफल गरेर प्रक्रिया प-र्याएर समितिलाई पूर्ण बनाईएको हो। पूर्णता पाएको समितिको अध्यक्षमा पुनः गजुरमान राई दोहोरिनु भएको छ। हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा अवस्थित हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको आगामी दुईवर्षे कार्यकाललाई राई सर्वसम्मत दोहोरिनु भएको हो।

    १४ सदस्यीय समितिको उपाध्यक्षमा दिलिपराजा गिरी, सचिवमा अग्निराज राई, कोषाध्यक्षमा पवनकुमार परियार सर्वसम्मत चयन हुनुभएको भएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो। वडाध्यक्ष गिरीका अनुसार सदस्यहरुमा हर्कराज राई, प्रकाशचन्द्र गिरी, बिमल बस्नेत, रमिला बस्नेत, तीर्था राई, मोहनकुमार कार्कीसहित मालपोत कार्यालय, महादेवस्थानका वडाध्यक्ष वा निजले तोकेको प्रतिनिधि, किरात राई यायोक्खा र हलेसी मारातिका गुम्बाका एक–एकजना प्रतिनिधि सदस्य रहने छन्।
    समितिको प्रमुख सल्लाहकारहरुमा यज्ञराज राई, डिल्ली चाम्लिङ, चमारसिं राई, हरि गिरी र ज्ञान बहादुर भुजेल हुनुहुन्छ। नवगठित समितिलाई बुधबार महादेवस्थान वडाको कार्यालयमा मेयर राई, उमेयर रमेशकुमार राउत लगायतले कार्यभार सम्हाल्न बधाई दिनुभएको छ।

    समितिले पूर्णता पाएसँगै मन्दिर संरक्षण, प्रवद्र्धन गर्न र भेटीघाटीलाई पारदर्शीदेखि खर्च प्रणालीमा अख्तियारी मिल्ने मेयर राईले बताउनुभयो। स्थानीय सरकारसँग सहकार्य र सहजीकरण गर्न पनि ढोका खुलेको छ। उहाँले भन्नुभयो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology