• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङ कांग्रेसको समस्या केन्द्रले हल गर्छ

खोटाङ कांग्रेसको समस्या केन्द्रले हल गर्छ


समायोजन खबर
  • शुक्रबार, माघ १९ २०८०

  • नेपाली कांगेसका महासमिति सदस्य एवंम् प्रतिनिधिसभा सदस्य डा.सुनिल शर्मा।

    समायोजन खबर खोटाङ, नेपाली कांगेसका महासमिति सदस्य एवंम् मोरङ–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा.सुनिल शर्माले खोटाङ कांग्रेसको समस्या केन्द्रले हल गर्ने बताएका छन्।

    नेपाल प्रेस युनियन खोटाङले दिक्तेलस्थित होटल थ्री ब्रदर्शमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले कांग्रेसको घरभित्रको आन्तरिक समस्यालाई पार्टीले हल गर्ने बताएका हुन्।

    खोटाङ कांग्रेसमा कस्तो समस्या देख्नु भयो भन्ने, पत्रकारको प्रश्नमा शर्माले भने, ‘साथीहरुको सामान्य मिस अण्डर स्ट्याण्डिङ थियो। त्यो हल हुन्छ।’

    कार्यकर्ता भेटघाटका क्रममा दिक्तेल आएका शर्मासँगै नेपाली कांग्रेस भोजपुरका सभापति विनोद वान्तवा, धनकुटा सभापति दिनेश राई, प्रदेशसभा सांसद मान बहादुर लिम्बु, धनकुटा सचिव विजयसन्तोषी राई, मोरङ कांगेस सचिव मोदराज घिमिरे लगायत खोटाङ आएका थिए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology