• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अझै सुरक्षित छैन वैदेशिक रोजगार,आफन्तबाट धेरै ठगी

अझै सुरक्षित छैन वैदेशिक रोजगार,आफन्तबाट धेरै ठगी


समायोजन खबर
  • बिहिबार, माघ १८ २०८०

  • अन्तरक्रियामा सहभागी पत्रकार तथा वैदेशिक रोजगारी पीडितहरु।

    समायोजन खबर खोटाङ, खोटाङबाट वैदेशिक रोजगारीमा गएकाहरुमध्ये अधिकांश आफन्तबाटै ठगिने गरेका छन्। विदेश पठाईदिने भन्दै एजेण्ट तथा मेनपावरहरुले सिधासिधै ठग्ने र धम्कीसमेत दिने गरेको पीडितहरुले बताएका छन्।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा सञ्चालित सुरक्षित आप्रावासन सामीले बिहीबार बिहान नगरको सभाहलमा ‘जिल्लामा बैदेशिक रोजगारको पछिल्लो अवस्थासहित सुरक्षित आप्रावासन सम्बन्धी’ पत्रकारहरुसँग गरेको अन्तरक्रियामा सहभागी पीडितहरुले जिल्लाबाट विदेश जाँदा आफन्तबाटै ठगिएको बताएका हुन्।

    अन्तरक्रिया कार्यक्रममा सहभागी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्माकी सानी दाहालले आफ्नो छोरा र भान्जालाई माल्टा पठाईदिने भनेर सोही वडा मुडेका निमदावा शेर्पाले २२ लाख ठगेको पीडा सुनाईन्।
    करीव दुई वर्षअघि माल्टा पठाइदिने भनेपछि शेर्पालाई पैसा दिएपछि उनी सम्पर्क विहीन भएको थियो। साँहुबाट काढेको ऋण तिर्न छोरा अहिले कतारमा छ। पीडित दाहालले भनिन। दाहालको भान्जा अहिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नगर प्रहरीमा कार्यरत छन्।
    दाहाल परिवारले शेर्पालाई आईएमईमार्फत र नगद पैसा गरी ११–११ लाख बुझाएका थिए। जापान पठाइदिने भन्दै दिक्तेलकै सरोज सुन्दासलाई उनै शेर्पाले चार लाख ठगेको तर, जापान नपठाएपछि दवाब दिएर सबै पैसा फिर्ता लिईएको सुन्दासले बताए। ठगी गर्ने शेर्पाले बारम्बार फोन नम्बर परिवर्तन गर्ने गरेको र अहिले फ्रान्स वा क्रोएसियामा रहेको चर्चा चल्ने गरेको छ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्माका प्रेम पुरी(हाल बेलबारी मोरङ)ले दिक्तेलका पाँच जनालाई दुबई र एक जनालाई जापान पठाइदिने भन्दै आठ लाख ९५ हजार ठगी गरेर सम्पर्क विहीन भएपछि पीडितहरुले माघ १७ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन्।

    पुरीले दुबइको सेराटन होटलमा पठाइदिने भनि दिक्तेलका इन्द्र बहादुर खड्का(माइकल), कर्ण बहादुर खडका, राजेन्द्र खड्का, डिल्ली खत्रीबाट ५०–५० हजार, सोम बहादुर भण्डारीबाट ३५ हजार र जापान पठाईदिने भन्दै बाबुराम खड्काबाट छ लाख ६० हजार ठगी गरेका हुन्।दिक्तेल सोल्माका प्रेम पुरी(हाल बेलबारी मोरङ)बाट ठगिएका इन्द्र बहादुर खड्का(माइकल),कर्ण बहादुर खडका, राजेन्द्र खड्का, डिल्ली खत्री,सोम बहादुर भण्डारी।

    पीडितहरुले पुरीलाई २०७५ माघ ८ गते आईएमईमाफर्त पैसा पठाएको प्रमाणहरुबाट देखिन्छ। पुरीको तीनवटा मोवाइल नम्बरसहित उजुरी दिईएको छ। यद्यपी, कुनै पनि नम्बरम फोन लाग्दैन।
    पत्रकार महासंघ खोटाङका पूर्वअध्यक्ष दमन राई, वर्तमान अध्यक्ष दिलीप खत्री, महासंघका सह–सचिव चिसाङ शेर्पाले वैदेशिक रोजगारीमा जानेलाई मेनपावरले अन्तिममा विमानस्थलको अध्यागमन विभागको ढोकामा पुगेर मात्रै सम्पूर्ण कागजात दिने र भनेजति पैसा नदिए फकाईदिने भन्दै धम्की दिंदै पैसा असुल्ने गरेको समस्या पीडितहरुबाट आउने गरेको सुनाए।

    पत्रकार केदार मगर, भीम राई लगायतले वैदेशिक रोजगारीमा वाध्यताले जानेहरु कही न कही एजेण्ट तथा मेनपावरबाट ठगिरहेको बताए। बिदेश नगई भएको छैन । मेनपावरले यति पैसा दिनुभन्छ, नदिए पठाउँदिन भनेर धम्की दिन्छ। मलेसिया जान तीन लाखसम्म मेनपावरहरुले लिने गरेको गुनासो आउने गरेको छ।

    काठमाण्डौस्थित शम्भुमार्गमा रहेको एक मेनपावरले मलेसिया जानलाई प्रतिव्यक्ति तीन लाख २० हजारदेखि तीन लाख ५० हजारसम्म लिएको एकजना पीडितले बताए। पैसा दिएको बिल माग्दा कसैलाई दिने नगरेको भन्दै बिल दिन नमानेको र एयरपोर्टमा सोधेमा १० हजार तिरेको भन्नु भनेर मेनपावरले सिकाउने गरेको पीडितले सुनाए। विदेश नआई भएको थिएन। मेनपावरले भनेजति पैसा नदिए उडाउदिन भन्थ्यो। ती पीडितले भने, ‘मलेसिया आउन तीन लाख २० हजार तिनुपरेको थियो।’

    नेपाल सरकारले मलेसिया जानलाई १० हजार मात्रै तिनुपर्ने नीति ल्याए पनि त्यो कागजमा मात्रै सिमित रहेको सामी कार्यक्रम संयोजक सन्तोष कुमार राईले बताए। राईका अनुसार खोटाङका ४६ जना मेनपावर तथा एजेण्टबाट ठगिएका छन्।उनीहरुको प्रमाणसहितको कागजात ल्याएर केश चलाईरहेका छौ। उहाँहरु १ करोड ५ लाख १३ हजार ठगिनु भएको छ।

    अन्तरक्रियामा चालू आर्थिक वर्ष २०८०/२०८१ को पुससम्म खोटाङका ३९२ जना महिला र तीन हजार ७७४ जना पुुरुष गरी चार हजार १६६ जनाले श्रम स्वीकृति लिईएको जानकारी दिईएको थियो।
    सामीले सीपयुक्त जनशक्तिको विकास, मनोसामाजिक परामर्श, वित्तीय साक्षरता, न्यायमा पहुँच र सूचनामा पहुँच सम्बन्धी कार्यक्रम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका बाहेक, हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका र खोटेहाङ गाउँपलिकामा गर्दै आएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology