• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मातृ तथा नवजात शिशु मृत्युदर संख्या वार्षिक अनुमानित २ हजार

मातृ तथा नवजात शिशु मृत्युदर संख्या वार्षिक अनुमानित २ हजार

खोटाङमा ७८ प्रतिशत महिलाहरु अझै घरमै सुत्केरी गराउँदै


चिसाङ शेर्पा
  • मंगलबार, कार्तिक १४ २०७४

  • चिसाङ शेर्पा कार्तिक÷१४ खोटाङ,

    नेपालमा मातृ तथा नवजात शिशु मृत्युदर संख्या वार्षिक अनुमानित २ हजार तथा दिनमा ६ जनाको मृत्यु हुने तथ्यांक छ । रक्तश्राप, लामो व्यथा, संक्रमण, असुरक्षित गर्भपतनजस्ता समस्याले आमा मातृ तथा नवजात शिशुको मृत्यु हुने गरेको हो ।

     

    मंगलवार दिक्तेलस्थित शुभदिन होटलमा भएको समुदायमा आधारित मातृ सुरक्षा चक्की वितरण तथा जिवन सुरक्षा कार्यक्रममा उक्त जानकारी गराईएको हो । जिल्ला जन स्वास्थ्य कार्यालय खोटाङ र ओन हर्ट नामक संस्थाको आयोजनामा भएको कार्यक्रममा जिल्लामा २२ प्रतिशत स्वास्थ्य संस्था र ७८ प्रतिशत महिलाहरुले घरमै सुत्केरी गराउँने गरेकाले मातृ तथा नवजात शिशुको संख्यामा कमी नआएको जिल्ला अस्पताल खोटाङका स्वास्थ्य प्रमुख राम बहादुर केसीले बताए ।

     

    केसीका अनुसार, मातृ मृत्युदर अध्ययन ‘२००८ र २००९’ को मृत्युदर रेर्कडमा नेपालको परिप्रेक्ष्यमा वाटोमा १४, घरमा ४०, स्वास्थ्य संस्थामा ४१ र अन्यमा ५ प्रतिशत मातृ तथा नवजात शिशुको ज्यान जाने गरेको छ । खोटाङमा २०७३÷०७४ मा ८ जनाको गर्भ र गर्भजन्य जटिल समस्यावाट मृत्यु भएको तथ्यांक छ ।

     

    सय जना गर्भवती महिलामा ४ जनामा कम्तीमा चारपटक गर्भ जाँच गराउँनु पर्ने चेतना भएका तथा प्रसुतीका लागि जिल्लामा ३४ स्थानमा मात्रै वर्थिङ सेन्टर रहेको छ । प्रसुतीका लागि ७९ वडामै वर्थिङ सेन्टर भएमा मातृ तथा नवजात शिशु मृत्युदर घटाउँन सकिने डा. केसीको भनाई छ । नेपालको हकमा ३२ जना गर्भवती महिला भए १ जनालाई जोखिम हुने आँकलन छ ।

    खानेपानी गुणस्तर कार्ययोजना

    कार्यक्रमकै, अवसरमा स्वास्थ्यका लागि खानेपानीका विषयमा पनि छलफल गरिएको थियो । खानेपानी गुणस्तर कार्ययोजना अन्तरगत जिल्लामा अहिले कती प्रतिशत पानी शुद्ध पिईरहेका तथा कती प्रतिशत पानी अशुद्ध पिईरहेका छन् त्यो तथ्यांक नै नभएको डा. केसीको भनाई छ ।

     

    केसीले भने ‘जिल्लामा उपभोग गरिरहेका पानीहरु कती पिउनयोग्य छ त्यसको लेखाजोखा नै छैन ।’ जिल्लामा दुई उप– स्वास्थ्य चौकी, ७१ स्वास्थ्य चौकी, दुई प्राथमिक स्वास्थ्य केन्द्र, १ जिल्ला अस्पताल, एक÷एक सामुदायिक अस्पताल, सामुदायिक स्वास्थ्य ईकाइ र एक शहरी स्वास्थ्य केन्द्र रहेको खोटाङ्गमा अझैपनि धेरैले शुद्ध पानी नपिउने गरेको पाईएको छ ।

     

    उमालेको पानी पिउने, बोतलमा पानी लगाई घाममा तताउने सोडिस विधी, पियुस लगाउने, फिल्टर बिधी तथा एक भुल्को उमालेर शद्ध पानी पिए लामो जिवन बिताउन सकिने र जिवन बिताउँन सरल हुने स्वास्थ्यर्मीको भनाई छ ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology