समायोजन खबर खोटाङ, खोटाङको सदरमुकाम तथा प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारका किराना पसलहरुमा म्याद गुज्रेका खाद्यवस्तु छ्यापछ्याप्ती भेटिएको छ। शुक्रबार अधिकारीहरुले गरेको बजार अनुगमनका क्रममा म्याद गुज्रेका खाद्यवस्तु छ्यापछ्याप्ती भेटिएको हो।
जिल्ला प्रशासन, घरेलु तथा साना उधोग, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, उधोग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय लगायतका कार्यालय प्रमुख तथा प्रतिनिधिले बजार अनुगमन गर्दा २७ हजार ९७० रुपैयाँ बराबरको खाद्यवस्तु म्याद गुज्रेको भेटेका थिए।
अनुगमन गर्दा एक बोरा चामल, बेसार, चकलेट, पास्ता, मसला, दाना मटन, दाल, विस्कुट क्रिम विस्कुट, बिएबी मसला, कोक लगायतका खाद्यवस्तु म्याद गुज्रेका पाईएको घरेलु तथा साना उधोगका उधोग अधिकृत भेषराज खत्रीले बताए।
अनुगमनका क्रममा म्याद गुज्रेका खाद्यवस्तुलाई जफत गरी जलाएर नष्ट गरिएको छ। म्याद गुज्रेको एक बोरा चामललाई प्रशासनमा लगेर सुरक्षित राखिएको छ। चामल खाना योग्य हो वा हैन भनेर परिक्षण गर्न खाद्य तथा गुण नियन्त्रणको कार्यालय विराटनगर पठाइने उधोग अधिकृत खत्रीले बताए।
दिक्तेलबजारको संगमपार्क नजिक सञ्चालित एनआर सप्लायर्स नामको होलसेल तथा किराना पसलमा केही दिन अघि गृहिणी नामको स्टिम चालम आधासरो कुहिएको भेटिएको थियो। त्यही पसलबाट आज पुनःएक बोरा चामल जफत गरिएको अधिकारीहरुले बताएका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology