• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

४२ देशका ख्यातिप्राप्त चित्रकारको उपस्थितीमा लाईभ पेन्टिङ प्रदर्शनी गरिने

४२ देशका ख्यातिप्राप्त चित्रकारको उपस्थितीमा लाईभ पेन्टिङ प्रदर्शनी गरिने


समायोजन खबर
  • आइतबार, पौस २९ २०८०

  • समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ४२ देशका ख्यातिप्राप्त चित्रकारको उपस्थितिमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनीमा तयार गरिएको लाईभ पेन्टिङ प्रदर्शनी गर्ने भएको छ।

    नेपालसहित १४ देशका ४४ जना ख्यातिप्राप्त चित्रकारहरुले १७ असोजदेखि २१ असोजसम्म नगरपालिको १५ वडा र अन्य नौ पालिकाको धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थललाई लाईभ उतारेको पेन्टिङ(क्यान्भास)लाई काठमाण्डौको बवरमहलस्थित नेपाल आर्ट काउन्सिलमा प्रदर्शनी गरिने भएको नगरपालिकाले आईतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।

    नगरको हलमा भएको पत्रकार सम्मेलनमा नगरप्रमुख तीर्थराज भट्टराईले मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८० अन्तर्गतको दोश्रो चरणको प्रदर्शनी ५ फागुनदेखि १७ फागुनसम्म प्रदर्शनी गर्ने पुस २७ मा बसेको कार्यपालिका बैठकले निर्णय गरेको जानकारी दिए।

    यति धेरै स्वदेशी–विदेशी चित्रकारको सहभागितामा हुने चित्रकला प्रदर्शनी नेपालको इतिहासमा पहिलो कार्यक्रम हुने मेयर भट्टराईको दाबी छ। चित्रकला प्रदर्शनी नेपाल सरकारका उच्चतम व्यक्तित्वबाट उद्घाटन र समापन गरिने योजना छ।

    चित्रकलाको पहिलो र दोश्रो चरणमा महत्वपूर्ण योगदान र सहयोग गर्ने संघ/संस्थालाई उक्त प्रदर्शनीमा कदरपत्र प्रदान गरिनेछ। कस–कसलाई कदर गरिने विषयमा छिट्टै जानकारी दिईने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ।

    पहिलो चरण अन्तर्गतको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनीमा नेपाल, अष्ट्रेलिया, वंगलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामबाट आएका चित्रकारहरुले दिक्तेलबजारको विभिन्न स्थानसहित शुभद्रा–मदन फाउण्डेसन र मझुवागढी उक्लेर लाईभ १०९ वटा क्यान्भास पेन्टिङ गरेका थिए। पहिलो चरणको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनीमा नगरपालिकाको १८ लाख बजेट खर्च भएको थियो।

    पत्रकार सम्मेलनमा नगरप्रमुख भट्टराई र नगर उपप्रमुख विसन राईले १७ मंसिरदेखि ३ पुषसम्म गरेको १५ दिने मैत्रिपूर्ण दक्षिण कोरिया भ्रमणको उपलब्धीहरु सार्वजनिक गरिएको छ। नगरपालिकाले योजना फरफारक र सम्झौतामा सहजताका निम्ति योजना कार्यान्वयन पुस्तिका लागू गरेको, नगरको सामुदायिक विद्यालयका शिक्षाको गुणस्तर सुधार्न शैक्षिक वहस सुरु गरेको, थप योजना र दृष्टिकोण बनाएर शैक्षिक सुधारमा अघि बढ्ने योजना बनाईएको जानकारी दिईएको छ।

    अस्पताल चोक–खानीडाँडा–आहाले सडक निर्माण अन्तर्गत निर्माण व्यवसायी शिव चौलागाईले आर्थिक मन्दीले आफूले बजेट निकासा गर्ने अवस्था नरहेको भन्दै १० दिनका लागि स्थानीय हार्डवेयरमा भनिदिन भनेपछि मेयरले आफ्नो व्यक्तिगत चेक दिएपछि सामान दिएको र १० दिनका लागि उधारो मागिएको सामानको पैसा ६ महिनासम्म निर्माण व्यवसायीले विवेक मर्केण्डाइज एण्ड कन्सल्ट प्रालिलाई नदिएपछि मेयर विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने विवेक मर्केण्डाइज एण्ड कन्सल्ट प्रालिका प्रतिनिधिलाई मेयर भट्टराई र उपमेयर राईले पत्रकार सम्मेलनमै फुलमाला लगाएर सम्मान गरेका थिए।

    मेयर भट्टराईको ताकेतामा निर्माण व्यवसायी चौलागाँईले हालसालै उधारो सामान लगेको विवेक मर्केण्डाइज एण्ड कन्सल्ट प्रालिको सबै पैसा बुझाई सकेका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology