समायोजन खबर खोटाङ, जिल्ला प्रहरी कार्यालय खोटाङले पहिलो पटक इन्टरपोलमार्फत फरारलाई पक्राउ गरेको छ।
जबर्जस्ती करणी मुद्दामा फरार रहेका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान तल्लो कात्तिकेका २२ वर्षीय किरण राईलाई कतारस्थित अलराबी कम्पनीको मार्केट काउन्टरबाट पुस २५ गते इन्टरपोलको सहायतामा पक्राउ गरेको हो।
जबजस्ती करणी मुद्दामा फरार भई गत जेठ ४ गते बैदेशिक रोजगारीमा कतार पुगेका राईलाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभाग ईन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरी एनसीबी दोहा कतारको समन्वयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक एवंम् सूचना अधिकारी बेनु कार्कीले जानकारी दिनुभयो।
पक्राउ परेका राईलाई कतार एयरलाईन्सको उडान नं. क्युआर ६४४ बाट नेपाल ल्याई जिल्ला प्रहरी कार्यालयबाट खटी गएको प्रहरी टोलीले बिहीबार(आज) राती साँढे १२ बजे दिक्तेल ल्याएका थिए।
जिल्ला अदालतबाट म्याद थप गरी राईमाथि अनुसन्धान थालिएको छ। राईले २०७९ चैत १६ गते सुस्तमनस्थिति भएकी हलेसी(क)लाई जबर्जस्ती करणी गरेका थिए।
पीडित हलेसी (क)ले २०८० असोज १५ गते आफूमाथि जबर्जस्ती करणी भएको भन्दै जिल्ला प्रहरीमा जाहेरी दर्ता गराएकी थिईन्। २७ हप्ता ४ दिनको गर्भ भएकी पीडितलाई सोही बेला काठमाण्डौस्थित सेफ हाउसमा पठाईएको थियो।
अहिले पीडित हलेसी(क)ले सेफ हाउसमै बच्चा जन्माई सकेकी छन। उनी सुत्केरी भएको दुई हप्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताउनुभयो। प्रनाउ खड्काका अनुसार इन्टरपोलमार्फत फरार पक्राउ घट्ना खोटाङकै पहिलो हो।

समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology