• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा सुर्तीजन्य विरोधी अभियान सुरु

खोटाङमा सुर्तीजन्य विरोधी अभियान सुरु

१३ सदस्य समिति गठन


चिसाङ शेर्पा
  • सोमबार, कार्तिक १३ २०७४

  • चिसाङ शेर्पा कार्तिक÷१३ खोटाङ,

    खोटाङमा सुर्तीजन्य विरोधी अभियान सुरु गरिने भएको छ । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल खोटाङले आफ्नो पुरानो कार्यसमितिलाई पुर्नगठन गर्दै जिल्लामा सुर्तीजन्य गतिविधिलाई कडाईका साथमा निर्मुलन गर्ने जनाएको छ ।

     

    स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जालको संयुक्त आयोजनामा २०७१ सालमा गठन भएको सञ्जाललाई (प्राथमिक स्वास्थ्य सेवा केन्द्र स्रोत केन्द्र) रेस्फेकको पहलमा सोमबार दिक्क्तेलस्थित थ्रिव्रर्दश होटलमा गरिएको एक दिने अभिमुखीकरण कार्यक्रम जिल्लाका हरेक स्थानमा हुने सुर्तीजन्य क्रियाकलापलाई रोकथाम गर्न लाग्ने बताएको छ ।

    “२०६८ सालमा कार्यन्यवन भएको सुर्तीजन्य विरोधी अभियानलाई सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा खोटाङसहित ५८ जिल्लामा सुर्ती नियन्त्रणका लागि सञ्जालले कडा निगरानी गर्ने छ ।”

    पत्रकार दिलिप खत्रीको अध्यक्षतामा पुर्नगठित १३ नयाँ कार्य समिति गठनले यस्तो निर्णय गरेको हो । समितीको उपाध्यक्षमा अनिल आचार्य, सचिव रमेश पोखरेल, सह–सचिव रमेश राई तथा लोकमाया थापा कोषाध्यक्षमा निर्विरोध चयन हुनुभएको छ । समितीको सदस्यहरुमा कृष्ण आचार्य,  गजेन्द्र राई,  भवानी प्रसाद आचार्य,  शान्ता राई,  मनिषा गिरी,   चिसाङ शेर्पा,  शर्मिला विक र सुनिता राई रहेका छन् । सञ्जालका पदाधिकारीहरु जिल्लामा क्रियाशिल १३ गैर सरकारी संस्थाका सदस्य तथा पदाधिकारीहरु हुन् ।

     

    सरकारी स्वास्थ्य संस्थावाट उपलब्ध हुने आमा स्वास्थ्य सुरक्षा सेवा र निःशुल्क स्वास्थ्य सेवा कार्यक्रमलाई खवरदारी गर्ने रेस्फेक (प्राथमिक स्वास्थ्य सेवा केन्द्र स्रोत केन्द्र)को सहयतामा गठन भएको समितिले जिल्लामा सञ्चालित हरेक कार्यक्रममा १० मिनेट समय मागगरी सुर्तीजन्य विरोधी कार्यक्रम गर्नेे रेस्फेक प्रदेश नम्बर १ र २ का फिल्ड ईन्चार्ज मदनराज कट्वालले बताए ।

     

    उनले भने ‘२०६८ सालमा कार्यन्यवन भएको सुर्तीजन्य विरोधी अभियानलाई सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा खोटाङसहित ५८ जिल्लामा सुर्ती नियन्त्रणका लागि सञ्जालले कडा निगरानी गर्ने छ । निगरानी क्रममा भेटिएका सुर्तीजन्य गतिविधिलाई ‘स्वास्थ्य अधिकार वर्ष पुस्तक २०७२’ प्रकाशन गर्ने छौ ।’

     

    सञ्जालले जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय र सञ्चारकर्मीको सहयोगमा सुर्तीजन्य गतिविधिलाई निर्मुलन गर्ने सञ्जालका अध्यक्ष दिलिप खत्रीले बताए । पुःर्नगठित सञ्जालको कार्यालय बहुआयमिक संरक्षण समाजको अस्पतालचोकस्थित कार्यालयसँगै राखिएको छ ।

     

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology