सम्पादकीय,
खोटाङमा दुई नगरपालिका र आठ गाउँपालिका छन्। यी स्थानीय तहहरुसँग आगलागीको न पूर्व तयारी योजना देखिन्छ, न जनचेतना फैलाउने फुर्सद।
स्थानीय तहहरुले आगलागीसँग सामाना गर्ने उपकरण तथा साधनहरु समेत चुस्तदुस्त राख्न सकेका छैनन्। कार्यालयमै आगलागी भईहालेमा त्यसलाई निस्तेज पार्ने उपकरणको उनीहरुसँग व्यवस्था छैन।
आफै नीति बनाउने, बजेट बनाउने र कार्यान्वयन गर्ने अधिकारी प्रदत्त संस्था हो स्थानीय तह। यहि स्थानीय तहले आगलागीबाट सचेत हुने, सचेत गराउनेजस्ता प्रचारप्रसार गरेको देखिन्दैन। स्वास्थ्य, शिक्षाजस्तै आगलागी सम्बन्धी जनचेतना फैलाउन स्थानीय तहले बडो कन्जुस्याँई गरेको भान हुन्छ। त्यो चेतना स्थानीय तहलाई किन नआएको?
विभिन्न कारणले वर्षेनी आगलागी हुँदा जिल्लामा धेरै नागरिक विस्थापित भईरहेका छन्। कति नागरिक अंगभंग भएका छन्। बालबालिकाले आमाबुबा गुमाउनु परेको छ। श्रीमानले श्रीमती, श्रीमतीले श्रीमान गुमाउनु परेको छ। पशु चौपायाले आगलागीमा परी ज्यान गुमाउनु परेको छ। धनजनको ठूलो क्षति हुने गरेको छ।
जब आगलागी हुन्छ, त्यसपछि स्थानीय तहका नेतृत्वकर्ता सामाजिक सञ्जालमा दुःख पोख्छन्, भावनामा बहकिन्छन्। आगलागीका घट्ना वर्षैपिच्छे वरपर भईरहन्छ। तर, आगलागीबाट सुरक्षित हुने ठोस योजना बनाउँनमा, आगलागी भईहालेमा कसरी सुरक्षित हुने भन्नेसम्मको योजना बनाउनतर्फ स्थानीय तहको ध्यान जादैन।
स्थानीय तहहरुले कतिपय अनुत्पादक काममा लाखौ बजेट खर्च गरेको देखिन्छ। तर, आगलागी हुन नदिन, आगलागी भईहालेमा सुरक्षित हुन, सुरक्षित स्थान जान, कसलाई भन्ने, कति नम्बरमा फोन गर्ने जस्ता सामाग्रीसहित जनचेतना फैलाउनमा स्थानीय तहको न ध्यान छ, न भावी योजना। तर, जनताकै लागि हामी(स्थानीय तह)हौ भन्दै भद्दामजाक गरिरहेका हुन्छन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँग एउटा दमकल छ। तर, काम दिदैन। खोटेहाङ गाउँपालिकासँग एउटा दमकल छ। काम दिने छैन। ब्याट्री डाउन भएर दमकल थन्केका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दमकलकै कारण धेरै पटक आलोचित र विवादितको सिकार हुँदै आईरहेको छ। काम नदिने दमकल राखेर रमिता देखाएको, आगलागीमा दमलक बेकामे बनेको भन्दै पीडितहरुले आक्रोश पोख्ने गरेका छन्। यो सिजनमा नगरपालिकाले त्यो नियति भोग्न नपरोस भन्ने नगरसँग योजना छ/छैन त्यो नगरपालिकामा निहित छ।
खोटेहाङ र दिक्तेलसँग बेकामे दमकल छ। अन्य स्थानीय तहसँग दमकल छैन। बजेट प्रशस्त छ, योजना छैन, नागरिकप्रति उत्तरदायी छैन। नागरिकको मत पाएर पदमा आसिन नेतृत्वसँग आगलागीबाट आफ्ना नागरिकलाई जोगाउन, आगलागी रोकथाम तथा नियन्त्रण सम्बन्धी जनचेतनामूलक योजना बनाउन फुर्सद अहिलेसम्म देखिन्दैन।
आगलागीबाट बच्न के–के गर्ने, आगलागी हुन नदिन के–के गर्ने भनेर प्रहरी र विधुत प्राधिकरणले सचेतना फैलाउने र सचेतनामूलक कार्यक्रम गरिरहेका देखिन्छन्। आगलागी हुन नदिने, भईहालेमा कसरी बच्नेजस्ता जनचेतना फैलाउनमा आफूले पनि नेतृत्वदायि भूमिका खेल्नुपर्छ भन्ने जिल्ला प्रशासन कार्यालयले पनि सोच्नु अति आवश्वक छ।
आगलागी पीडितलाई एकसरो सामान दिने रेडक्रसले सामान मात्रै नभई आगलागी सम्बन्धी जनचेतना फैलाउनमा अग्रसर हुनुपर्दछ। आगलागी रोकथाम तथा नियन्त्रण सम्बन्धी प्रचारप्रसार सामाग्रीहरु गाउँगाउँसम्म लानुपर्दछ। आगलागीका मुख्य कारणहरु र नियन्त्रण सम्बन्धी डेमो प्रदर्शन गर्नुपदर्छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology