चिसाङ शेर्पा कार्तिक÷१० खोटाङ,
राष्ट्रिय मानव अधिकार आयोग उप–क्षेत्रिय कार्यालय दिक्क्तेलका मानव अधिकार सहायक लोकनाथ घिमिरेको सरुवा भएको छ । जागिरको शिलसिलामा १२ वर्षअघि खोटाङ आएका घिमिरेको राष्ट्रिय मानव अधिकार आयोग उप–क्षेत्रिय कार्यालय ललितपुरमा सरुवा भएको हो । गत असोज १८ गते सरुवा स्वीकृत भएका घिमिरे आईतवारवाट कार्यालय जाने गरी शनिवार ललितपुर जादैछन् ।
२०६२ पौष २९ गते ईन्सेक प्रतिनिधिका रुपमा खोटाङ आएका उनले ०६६ फागुन ६ गतेवाट राष्ट्रिय मानव अधिकारको सहायक पद सम्हालेका थिए । ०६९ जेठ ९ गतेदेखी ०७२ साउन २७ गतेसम्म निमित्त कार्यालय प्रमुख समेतको जिम्मेवारी वहन गरेका घिमिरे मानव अधिकार सहायकको दर्जामा ललितपुर सरुवा भएका हुन् । उनका स्थानमा खोटाङमा राजिव कर्ण आउँने छन् ।
खोटाङमा मानव अधिकार उल्लंघनका घट्नाहरुलाई उच्चताका साथमा लिएर पिडित पक्षलाई कानुन वमोजिम क्षतिपुर्ती दिलाउँन सफल व्यक्तीको सरुवाले जिल्लावासीहरुलाई घाटा हुने सम्बन्धीतहरुले बताएका छन् । भुदेउ काण्ड, महिला करणी, वोक्सी काण्ड लगायतमा सफल वनेका उनलाई शुक्रवार नेपाल आदिवासी जनजाती महासंघ तथा नेपाल सितोरियो कराँते संघ खोटाङले संयुक्त रुपमा सम्मान तथा विदाई गरेको थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology