• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बेपत्ता बृद्धाको खोजीमा तालिमप्राप्त कुकुर,कसरी सर्च गर्छ कुकुरले?

बेपत्ता बृद्धाको खोजीमा तालिमप्राप्त कुकुर,कसरी सर्च गर्छ कुकुरले?


समायोजन खबर
  • शनिबार, कार्तिक ११ २०८०

  • बेपत्ता जैसीमाया ढुंगानाको खोजी गर्दै तालिमप्राप्त कुकुर र प्रहरी।तस्विर,किसन भुजेल।

    समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरीकी ६८ वर्षीया जैसीमाया ढुंगाना दशैको टीका अर्थात ७ कात्र्तिक दिउँसोदेखि घरै नजिकबाट बेपत्ता भएकी छन्।

    टीका लगाई श्रीमानसँग घर फर्किने क्रममा बेपत्ता भएकी ढुंगाना पातलो शरीर, अन्दाजी ५ फिट, ५५ केजी तौल र कमजोर दृष्टि भएकी मानिस हुन्। ढुंगाना बेपत्ताकोे खबर सुन्दा अचम्मित छ । एक हिसाबले यो घट्नाबाट प्रहरी नै अचम्मित छ। सिंगो गाउँ उनकै खोजिमा छ।
    दशैको टीकाको साइत बिहान ११ बजेर २ मिनेटमा थियो। साइतपछि नै ठूलो बुवाको घरमा टीका लगाई आमा बुबासँगै ओरालो घरतर्फ झर्नुभयो। भतिजोको घरमा बुबाममीले चिया पिउनुभयो। चिया पिएर एकछिन बिसाएर ओरालो घरतर्फ झरेपछि बुबा अगाडी ममी पछाडी हिड्नु भयो। घर आईपुग्न ५० मिटरसम्म बुबाममी सँगै हुनुहुन्थ्यो रे। जेठा छोरा रमेश ढुंगानाले भने।

    बुबा अगाडी घर पुगेर लुगा फेरेर बाख्रालाई घाँस लगाएर हेर्दा आमा नदेखिएपछि माथिसम्म गएर खोज्नु भएछ। आमालाई नभेटेपछि गाउँभर हल्लाखल्ला गर्नुभएछ। दुई दिन त रातदिन नै खोज्यौ आमा कही भेटिएन। त्यसपछि दिउँसो मात्रै खोजिरहेका छौ। खोज्ने ठाउँहरु सबैमा १५० भन्दा बढी गाउँले मिलेर खोजिसक्यौ। कही भेटिएन। आफन्त सारा संसार फोन गर्दा नि भेटिएको छैन। अचम्मै भयो। ढुंगाना भन्छन्।बेपत्ता जैसीमाया ढुंगानाको खोजी गर्दै तालिमप्राप्त कुकुर र प्रहरी।तस्विर,किसन भुजेल।

    ढुंगाना हराएको खबर टीकाको राती ११ बजेपछि मात्रै आएको थियो। त्यो पनि स्पष्ट थिएन। सबै बुझेपछि भोलिपल्ट बिहानैबाट प्रहरी चौकी बुईपा र जिल्ला प्रहरी कार्यालयबाट टोली खटी खोजि सुरु गरिएको डिएसपी पुरुषोत्तम खड्का बताउँछन्।

    प्रहरीले चार दिन खोजी ग-र्यो। हाम्रो लेबलमा खोजी संम्भव नभएपछि कोशी प्रदेश प्रहरी कार्यालयबाट दुई वटा कुकुर (पुलिस डग) ल्याएर आज शनिबार अपरान्ह करीव ४ बजेपछि प्रहरीसहित कुकुरले खोजी कार्य सुरु गरेको हो। आज कुकुरले पनि केही क्लु दिन सकेन डिएसपी खड्काले भने।बेपत्ता जैसीमाया ढुंगानाको खोजी गर्दै तालिमप्राप्त कुकुर र प्रहरी।तस्विर,किसन भुजेल।

    तालिमप्राप्त दुई कुकुरले अलग–अलग तरिकाबाट बेपत्ताको सर्च गर्छ। एउटा कुकुरले जमिनमूनी गाडे/पुरेकोे पत्ता लगाउँछ। अर्को कुकुरले जीवित भएको पत्ता लगाउँछ। मानव शरीरबाट विशिष्ट किसिमको तत्व उडेको हुन्छ। कुकुरले त्यो सुँघेर पनि मानिस पत्ता लगाउँछ। मारेर जमिनमूनी पुरेको,गाडेको भए पनि कुकुरले पत्ता लगाउँछ। चाँडै कुकुर ल्याउन पाएको भए खोजी अझ प्रभावकारी हुने थियो। डिएसपी खड्काले भने।बेपत्ता जैसीमाया ढुंगानाको खोजी गर्दै तालिमप्राप्त कुकुर र प्रहरी।तस्विर,किसन भुजेल।

    कुकुर आज बिहान ४ बजे बिराटनगरबाट विजयखर्कका लागि हिडेको थियो। भोलि पनि बिहानैबाट कुकुरको मद्दत लिएर थप खोजी हुन्छ। छिमेकी जिल्लाका प्रहरीमा पनि खबर गरिएको छ। प्रहरीले विभिन्न एंगलबाट खोजी गरिरहेको छ। डिएसपी खड्काले भने। बेपत्ता भएकी ढुंगानाको खोजी कार्यमा डिएसपीसहित प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार पनि आज विजयखर्क पुगेका थिए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology