• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

१४ देशका चित्रकारले क्यान्भासमा उतारे सय बढी पेन्टिङ

१४ देशका चित्रकारले क्यान्भासमा उतारे सय बढी पेन्टिङ


समायोजन खबर
  • शनिबार, असोज २० २०८०

  • मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी २०८० समापनमा १४ देशका चित्रकारका साथमा मेयर थीर्थराज भट्टराई,उपमेयर विसन राई।

    समायोजन खबर खोटाङ,खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको प्राविधिक सहयोगमा आयोजना भएको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनीमा सय बढी क्यानभासमा पेन्टिङ(चित्र)उतारिएको छ।नेपालसहित १४ देशका ख्यातिप्राप्त ४४ जना चित्रकारहरुले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुबाट प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र, जीवनशैलीको परिचय र पर्यटकीय महत्वसहित छनोट भएका र अन्य नौ वटा स्थानीय तहहरुबाट छनोट तथा प्राथमिकीकरणमा परेका तस्विरहरु क्यानभासमा लाईभ उतारेका हुन्।
    विदेशी २० जना र नेपाली २४ जना चित्रकारहरुले यहाँको दशवटै पालिकाको पाखा, पखेरा, जंगल, खोल्साखोल्सी, खोँच, लेकवेशीका सय बढी चित्रहरु क्यानभासमा उतारेको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनीका कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले जानकारी दिए। आचार्यका अनुसार उक्त क्यानभासहरुलाई राजधानी काठमाण्डौको आर्ट ग्यालरीमा राखेर प्रदर्शनी गर्ने तयारी गरिएको छ।
    चित्रकारहरुले क्यानभासमा उतारेका सय बढी पेन्टिङमध्ये ५७ वटा क्यानभासलाई शनिबार सरस्वती नमूना मावि दिक्तेलमा प्रदर्शनी गर्दै कार्यक्रम समापन गरिएको छ। क्यानभास पदर्शनीसँगै स्थानीय परिकारको स्टल, विभिन्न प्रकारका सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो। युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुको प्रमुख आतिथ्यमा गरिएको समापन कार्यक्रममा सहभागी चित्रकारहरुलाई प्रशंसा पत्र र स्थानीय उत्पादन चिनो प्रदान गरिएको छ।
    क्यानभास पेन्टिङका लागि नेपाल, अष्ट्रेलिया, वंगलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामबाट चित्रकारहरु दिक्तेल आएका थिए। कार्यक्रमका लागि १८ लाख बजेट छुट्याईएको थियो।

    प्रदर्शनीमा विभिन्न विद्यालयका विधार्थीहरुले कोरेका चित्र तथा हस्तकला पनि प्रदर्शनमा राखिएको थियो। कार्यक्रमका लागि १७ असोजमा दिक्तेल आएका विदेशी कलाकारहरुले १८ असोजमा जालपा, दिउँसो खानीडाँडा, १९ असोज बिहान मझुवागढी अवलोकन गरेर विहान ९ बजेदेखि मध्यान्ह १२ बजेसम्म हाँटडाँडा, हेलिप्याड र रत्नपार्कमा प्रत्यक्ष चित्रकला क्यानभासमा उतारेका थिए।
    चित्रकारले क्यानभासमा उतारेका पेन्टिङ र यस कार्यक्रमले नगरपालिकाको कला, संस्कृति र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने मेयर तीर्थराज भट्टराईले बताए। कार्यक्रममा नगरदूत गायक राजेश पायल राईले सांगितिक प्रस्तुती पनि दिएको थियो। चित्रकलाका लागि दिक्तेल आएका चित्रकारहरु भोली आईतबार स्वदेश फर्केनेछन्।
    यो पनि पढ्नुहोस, राजेश पायलसँगै नाचे विदेशी चित्रकार
    सम्बन्धित समाचार,जब राजेश पायलको इन्ट्री भयो,मन्त्रीको भाषण ओझेलमा पर्‍यो

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology