• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जब राजेश पायलको इन्ट्री भयो,मन्त्रीको भाषण ओझेलमा पर्‍यो

जब राजेश पायलको इन्ट्री भयो,मन्त्रीको भाषण ओझेलमा पर्‍यो


समायोजन खबर
  • शनिबार, असोज २० २०८०

  • कार्यक्रमस्थलमा प्रवेश गर्दै गायक राजेश पायल राई। तस्विर,चिसाङ शेर्पा।

    समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजना तथा धनु आर्ट स्टुडियोको प्राविधिक सहयोगमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनीको समापन कार्यक्रम चलिरहेको थियो।
    १७ असोजदेखि आजसम्म भएको कार्यक्रम दिक्तेलबजारस्थित सरस्वती नमूना माविमा भईरहेको थियो। जहाँ एउटै मञ्चमा नेपालसहित १४ देशका ख्यातिप्राप्त ४४ जना चित्रकारहरु बसेका थिए । जसमा विदेशी २० जना र नेपाली २४ जना चित्रकार थिए। चित्रकारले क्यानभासमा उतारेका ५७ वटा पेन्टिङ(चित्र) प्रदर्शनीमा राखिएको थियो।
    ति क्यानभास अवलोकन गर्न दर्शकहरु खचाचख थिए। विधार्थीहरुले कोरेका चित्र र हस्तकलाहरु पनि त्यहाँ प्रदर्शनीमा राखिएका थिए। दशवटै पालिकाको कला, संस्कृति र पर्यटनको प्रवद्र्धन गर्ने पाखा, पखेरा, जंगल, खोल्साखोल्सी, खोँच, लेकवेशीका चित्रहरु क्यानभासमा उतारेर बसिरहेका चित्रकारहरु सहभागी कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु प्रमुख अतिथि थिए।नगरदूत गायक राजेश पायल राईलाई स्वागत गर्दै मेयर तीर्थराज भट्टराई, दिक्तेलका वडाध्यक्ष नवराज राई ।

    कार्यक्रम आफ्नै गतिमा चलिरहेको थियो। क्यानभासका चित्रहरु सबैले हेर्दै मोबाईलमा तस्विर कैद गरिरहेका थिए। मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रम संयोजक एवंम औपचारिक कार्यक्रमका सञ्चालक ओजोनबाबु आचार्यले कार्यक्रममा सांगितिक धमाका दिन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगरदूत गायक राजेश पायल राई आउने बेलाबेला बाचन गरिरहे।नगरदूत गायक राजेश पायल राई र मेयर तीर्थराज भट्टराई।

    कार्यक्रममा सञ्चालकले मन्तव्यका लागि प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बलाई बोलाए। मन्त्री लिम्बुले सम्बोधन सकेर करीव ४ मिनेट भाषण दिंदै थिए। तब गायक राजेश पायल राईको कार्यक्रम स्थलमा शानदार ईन्ट्री भयो। मन्त्रीका भाषण सुनिरहेका दर्शक तथा पत्रकारहरुको ध्यान गायक राईतर्फ मोडियो। दर्शकले जोड जोडले हुटिङ लगाए।
    गायक राई जति मञ्चतर्फ आउथे त्यति नै हुटिङ बढिरह्यो। जसका कारण मन्त्री लिम्बुको भाषण नै ओझेलमा प¥र्यो। मन्त्री लिम्बुले करीव ५ मिनेटबढी भाषण नै रोके। गायक राईलाई मेयर तीर्थराज भट्टराईले स्वागत गरे। त्यसपछि विदेशी चित्रकारहरु गायक राईसँग सेल्फी खिच्न थाले,अटोग्राफसम्म लिए।
    त्यसपछि मात्रै मन्त्री लिम्बुले आफ्नो भाषणलाई निरन्तरता दिएका थिए। मन्त्रीको भाषणमा भन्दा दर्शक, चित्रकारहरुको ध्यान गायक राईमा बढी भएको प्रष्ट देखिन्थ्यो। कार्यक्रम संयोजक आचार्यका अनुसार चित्रकारहरुले १०० वढी क्यानभासमा लाइभ पेन्टिङ(चित्र) गरेका छन। उक्त क्यानभासहरुलाई राजधानी काठमाण्डौको आर्ट ग्यालरीमा राखेर प्रदर्शनी गर्ने तयारी पनि गरिएको आचार्य बताउँछन्।नगरदूत गायक राजेश पायल राई र मेयर तीर्थराज भट्टराई।

    चित्रकारले क्यानभासमा उतारेका पेन्टिङ र यस कार्यक्रमले नगरपालिकाको कला, संस्कृति र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने मेयर तीर्थराज भट्टराईले बताए। कार्यक्रमका लागि आएका विदेशी चित्रकारहरु भोली स्वदेश फर्कनेछन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology