समायोजन खबर खोटाङ, चर्चिच गायक राजेश पायल राई(राई ईज किङ)सँगै ख्यातिप्राप्त चित्रकारहरु दिल खोलेर नाचेका छन्। 
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको व्यवस्थापन र धनु आर्ट स्टुडियोको प्राविधिक सहयोगमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनीको समापनमा गायक राईले दिएको प्रस्तुतीमा विदेशी चित्रकारहरु नाचेका हुन्।
मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनीको समापन कार्यक्रम दिक्तेलबजारस्थित सरस्वती नमूना माविमा राखिएको थियो। त्यहाँ गायक राईले आधा दर्जन हिट गीतको प्रस्तुती दिएका थिए।
गायक राईले दशै दिक्पाल,दिक्तेल बजार, देमसारो, दर्शन नमस्ते, कहाँको तिमि–कहाँको म, भेट भयो दिक्तेलबजारमा र हुरुक्कै भए म जस्ता गीत गाएका थिए। गायक राईले गीत गाउँदै गर्दा उनीसँगै विदेशी चित्रकार, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, उपमयेर विसन राई नाँचेका थिए। उनीलाई दर्शकहरुले पनि नाचेर भरपुर साथ दिएका थिए।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा जन्मिएका गायक राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगरदूत पनि हुन्। आफ्नो प्रस्तुती दिनअघि गायक राईले नगरभित्र र जिल्लाभरी नै विकास गर्न जनप्रतिनिधि र नेताहरुलाई सुझाव दिएका छन्। विकास गरेमा यो, पार्टी, त्यो पार्टी नभनि सहयोग गर्ने गायक राईले बताए।
नगरपालिकाकाले कला, संस्कृति र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उद्देश्यले १७ असोजदेखि आजसम्म मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रम गरेको हो। चित्रकला प्लेन एयर कार्यशालाका लागि नेपालसहित १४ देशका ख्यातिप्राप्त चित्रकार यहाँ आएका थिए। चित्रकारहरुले क्यानभासमा उतारेको पेन्टिङलाई समाविमा प्रदर्शन गरिएको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology